Erani Mahal
व्यवसायिक भैंसीपालनबाट लाखौं कमाउँदै रिव्दिकोटका इन्द्र
a-AD

सन्तोष गहतराज पाल्पा– जिल्लाको रिब्दीकोट गाउँपालिकाका युवा कृषक इन्द्र पाण्डेले व्यवसायिक रुपमा भैसी पालन गरी मनग्य आम्दनी गर्न सफल हुनुभएको छ । १६ लाख लगानीमा व्यवसायिक रुपमा पाण्डे भैसी फर्मको रुपमा व्यवसाय दर्ता गरेका पाण्डेले स्वदेशमै बसेर लाखौं कमाउन सफल हुनुभएको छ ।

रोजगारीको अवसर खाज्दै विदेशीएका युवाहरुलाई स्वदेशमा नै केही गनुपर्दछ भन्ने सन्देश दिने पाण्डेले अहिले भैसी पालन व्यावसायका साथसाथै तरकारी खेती पनि गर्नुभएको छ ।


पाण्डेले शुरुमा आफू र श्रीमती मिलेर २५ रोपनी आफनो र ३२ रोपनी भाडामा लिएर फर्म निर्माण गरी सञ्चालन गरेको व्यवसायमा अहिले ३ जनालाई स्थायी रुपमा रोजगारी समेत दिनुभएको छ । पाण्डेको फार्ममा १५ वटा दुध दिने भैसी पाडापाडी गरेर २५ वटा भैंसी रहेका छन् । पाण्डेले दैनिक ८० लिटर दध उत्पादन गर्ने गरेको बताउनुहुन्छ उहाँले उत्पादित दुध स्थानीय बजारका साथै जिल्ला सदरमुकाम तानसेनमा जाने गरेको बताउनुभयो ।


पाण्डेले भैंसीपालबाट घरव्यवहारको साथमा वार्षिक १० देखी १२ लाख नाफा कमाउने गरेको बताउनुभयो । उहाँले विदेशी भूमिका दुःख गर्ने युवाले स्वदेशमै काम गरेमा त्यो भन्दा राम्रो गर्न सकिने अनुभव रानीमहलसँगको भेटमा बताउनुभयो ।


स्वदेशमै युवा स्वरोजगारका लागि लगानीको संरुक्षण सँगै गाउँपालिका तथा स्थानीय तहहरुले युवा कृषकहरुलाई अनुदानका कार्यक्रमहरु ल्याउनुपर्ने बताउनुभयो । पाण्डेले भैंसीपालनसँगै व्यवसायिक तरकारी खेती समेत गर्नुभएको छ, पाण्डेको फार्म कृषि र पशुपालन गर्नेहरुलाई प्रेरणाको स्रोत समेत बन्दै गएको छ ।

प्रकाशित मिति: बुधबार, फागुन ७, २०७६  १९:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update