Erani Mahal
भारतीय हस्तक्षेप विरुद्ध पाल्पामा विरोध सभा
86487649_1284200155097660_884506376687058944_n

पाल्पा– मोहन बैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माओवादी र देशभक्त जनगणतान्त्रिक मोर्चाले भारतीय हस्तक्षेप विरुद्ध पाल्पामा विरोध सभा गरेको छ ।


पार्टीका पोलिटव्यूरो सदस्य धनेश्वर पोखरेल प्रेम सुवेदी को उपस्थितिमा भारतले लिपुलेक, लिम्फियाधुरा, सुस्ता लगायतको सीमा अतिक्रमण र नयाँ नक्सामा कालापानी लगायतको क्षेत्र समेटेकोमा विरोध गरेको छ । नेपाल सरकारको नापी विभागकै नक्सामा त्रुटि रहेकोले त्यसलाई सच्चाएर अतिक्रमित भूमि फिर्ता गर्न उनीहरुले सरकारलाई माग गरेका छन् ।

भारतसँग भएका असमान सन्धि सम्झौंताको खारेजी र राष्ट्रियताको पक्षमा जनतालाई सचेत गराउन एक महिने अभियानको क्रममा पाल्पामा टोली आएको थियो । पाल्पामा भएको सभामा पोलिटव्यूरो सदस्य धनेश्वर पोखरेल, प्रेम सुवेदी, केन्द्रीय सल्लाहकार मानध्वज श्रेष्ठ लगायतले सम्बोधन गर्नुभएको थियो ।

प्रकाशित मिति: बुधबार, फागुन ७, २०७६  १९:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update