Erani Mahal
मौलादेवी आवि निस्दी मित्यालको १९ औं वार्षिकोत्सब सम्पन्न
87071222_794785211018268_5607259695338225664_n

पाल्पा- पाल्पा मौलादेवी आधारभूत विद्यालय निस्दी-४, मित्याल पाल्पाले स्थापनाकालको १९ औं वार्षिकोत्सब एक कार्यक्रमका बीच मनाएको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पान बहादुर सोतीको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक धनबहादुर ठाडाले आर्थिक वर्ष २०७५/०७६ को वार्षिक तथा २२ लाख २० हजार ५ सय ७२ रुपैयाँ ८७ पैसा बराबरको आर्थिक प्रतिवेदन सार्वजनिक गर्नुभएको थियोे ।

विद्यालयकी शिक्षिका सरिता गुरुङको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा प्रमुख अतिथि निस्दी गाउँपालिका ४ नम्बर वडा कार्यालय मित्यालका वडा सदस्य मन प्रसाद सोती , विद्यालयका पुर्ब अध्यक्ष डिल बहादुर सुती , समाजसेवी जबर सिं सारु , श्रीप्रसाद सोती लगायतले बोल्नुहुँदै विद्यालयको प्रगतिको कामना गर्नुभएको थियोे ।

कार्यक्रममा गत शैक्षिकसत्र २०७५ मा पुरस्कृत विद्यार्थी , विद्यालयमा सबैभन्दा उत्कृष्ट हाजिरी शिक्षिका केशरी सोमै , अतिरिक्त क्रियाकलापमा विजेता विद्यार्थीलाई पुरस्कार प्रदान गरेको थियो । कार्यक्रमको संचालन विद्यालयका सहायक प्रधानाध्यापक देबीलाल ठाडाले गर्नुभएको थियोे ।

प्रकाशित मिति: बुधबार, फागुन ७, २०७६  १९:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update