Erani Mahal
माथागढी  हात्तिलुङको तारुक खोलामा झलुङ्गेपुल शिलान्यास
pul_mathagadi_1

पाल्पा - माथागढी गाउँपालिका ५ हात्तिलुङ्गको तारुक खोलमा झोलुङ्गे पूल निर्माण कार्य सुरु भएको छ। खोलाको भर्लेघाटमा बन्ने झोलुङ्गे पुलको माथागढी गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगरले शिलान्यास गरि निर्माण शुरु भएको हो ।

पुल शिलान्यास गर्दै गाउँपालिका अध्यक्ष थापाले यस क्षेत्रका नागरिकलाई यो पुलले जिवनस्तर सहज बनाउने बताउनुभयो । विद्यार्थी स्कुल जान र स्थानिय वल्लोपल्लो गाउमा जान निकै कष्ट थियो थापाले भन्नुभयो एक बर्ष भित्र पुल बन्छ अनि निकै सहज महशुस हुन्छ । गाउँपालिकाले निकै आबश्यक महशुस गरेको २ स्थानमा यो बर्ष पुल निर्माण गर्ने जानकारी दिनुभयो । काममा ढिलासुस्ती नगर्न उपभोक्ता समितिलाई आग्रह गर्दै ढिलो भएमा नागरिकले गुनासो गरिहाल्न उहाले अनुरोध गर्नुभयो ।

बिशेष गरि यस क्षेत्रमा पुल नहुँदा स्थानीयले दैनिम कामकाज गर्न र विद्यार्थीहरुले समस्या झेल्नुपर्ने बाध्यता थियो। वर्खामा खोलामा पानीको वाहफ बढे संगै विद्यार्थी स्कुल जान सक्दैनथे भने केही मात्र घण्टौ लगाएर घुमेर विद्यालय जान्थे । स्थानीयलाई खोलापारी भएको बारीमा घाँस काट्न र खेतीपाती गर्न जान आउन ज्यानकै बाजि थापेर जानुआउनुपर्ने समस्या थियो ।नजिकको सिर्जना प्राविमा अध्ययनरत बालबालिकाहरुका अभिभावकलाई पुल शिलान्याशले निकै खुशियाली दिएको आफुले पाएको गाउँपालिकाका अध्यक्ष थापाले बताउनुभयो ।

२३ लाख ३६ हजार २ सय ३० रुपैयाँ लागतमा ४३ मिटर लम्बाइको सो पुल एक बर्षभित्र निर्माण पूरा हुनुपर्नेछ । संघीय सरकारको शर्सत अनुदान अन्तर्गत १९ लाख ७० हजार ४ सय ७६ रुपैयाँ नगद, १ लाख ८७ हजार ८ सय ५५ बराबरको जिन्सी र गाउँपालिकाको १ लाख ४० हजार १ सय ७३ रुपया रकम र ४६ हजार २ सय २४ बराबरको स्थानीयको श्रमदान लागतमा पुल निर्माण हुने भर्लेघाट झोलुङ्गे पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष बुद्धसिं घर्तीले जानकारी दिनुभयो ।

पुल शिलान्यास कार्यक्रममा गाउँपालिकाका प्रवक्ता मधु पराजली, वडा अध्यक्ष बेल बहादुर ढेंगा, प्राविधिक यम बहादुर रानाले पुल निर्माण कार्य समयमा नै सक्न अनुरोध गर्नुभएको थियो ।

प्रकाशित मिति: बुधबार, फागुन ७, २०७६  १९:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update