X
15
Shares

रोटरी क्लब अफ् तानसेन पाल्पा द्वारा ह्वील चियर हस्तान्तरण

रानीमहल संवाददाता || ६ फाल्गुन २०७६,मंगलवार २१:११

सन्तोष गहतराज पाल्पा- विगत लामो समय देखी सामाजिक कार्यमा सक्रिय रहको सस्था रोटरी क्लब अफ तानसेन पाल्पाले वगनासकाली गाउँपालिका वडा नं ७ का दुइ जना फरक क्षमता भएका दाजु भाईलाइ एक कार्यक्रमका बीचमा ह्वल चेयर प्रदान गरिएको छ । एकै घरका दुई दाज भाई अपाङग भएको र उनीहरुलाई हिड डल गर्न समस्या भए पछि रोट्री क्लबले ह्वेल चेयर प्रदान गरेको हो ।


कार्यक्रमका प्रमुख अतिथि वडा नं ७ का वडा अध्यक्ष गुन बहादुर बुढाथोकीले ह्वेल चेयर प्रदान गरेकोमा रो«टी क्लब अफ तानसेन पाल्पालाई धन्यावाद दिदै रोटी क्बललेै आगामी दिनमा अझै गरिब विपन्न परिवारहरु सम्म पुगेर काम गर्न आग्रह गनु भयो । त्यस्तै कार्यक्रममा वडा सचिव हरि प्रसाद बस्यालले रोटी क्लबले गरेको कार्यको प्रशंसा गर्दै आगामी दिनमा निरन्तर सामाजीक कार्य गदै जाओस भनी शुभकामना दिनु भयो ।

कार्यक्रममा महिला वडा सदस्य रीता भटराई,गिता वि क ,आई पि पि जगरनाथ अर्याल,पि पि शिव देवकोटा,पिपि उत्पल बज्राचार्य,पि पि विरेन्द्र काजी शाक्य,पि पि कृष्ण बहादुर रावल लगाएतले बोल्नु भएको थियो । कार्यक्रम रोटी क्लबका अध्यक्ष मधु दयाल शैजुको अध्यक्षता र इन्दिरा भण्डारीको सञ्चालनमा भएको थियो । रोटी क्लब अफ तानसेन पाल्पाले विगत लामो समय देखी सामाजीक कार्यहरु गदै आएको छ । यो बर्ष पाल्पाको निस्दी गाउँपालिका जहा खानेपानिको समस्या रहेको छ। त्यस ठाउँमा रोटी क्लबले खानेपानी तथा कुलो निमार्ण कार्य गरिरहेको छ ।

को हन कलाधार सुनार र डोल राज सुनार
पिता मान विर सुनार र माता मोतीसरा सुनारका जेठा छोरा डोल बहादुर सुनार र अर्को छोरा कलाधार सुनार गरी दई छोरा रहेका छन । डोल बहादर सुनार अहिले ४८ बर्षको भए र कलाधार सुनार ४५ बर्ष भए । पहिले सबै मानिस जस्तै स्कुल जाने पढने हिडने गर्ने दुई भाई अहिले भने दुबै भाई अपाङग छन । जेठा छोरा १७ बर्षको उमेरमा नै दुबै खटटा नचेले अपाङग भए र सोही घटना घटेको केही समयमा नै अर्का छोरा कलाधार सुनारको पनि २० बर्षको उमेरमा अपाङग भए ।

केही समय पछि बाबुको पनि मृत्य भयो र घरमा रुवाबासी भयो त्यस पछि आर्थिक अभावले झेलीन परेको ७५ बर्षिय आमा मोती सरा ुसनारले बताइन अहिले जेठा छोरा डोल राजको श्रीमती छन र उनको श्रीमतीले हेरचाह गर्दछिन तर कलाधार सुनारको भने श्रीमती पनि नभएको र आमाले हेरचाह गरेर बसेकी छन । बस्नको लागि सामान्य घर रहेको तर घरमा लगाउन लत्ता कपडा खाने खर्च जुटाउन गाह्रो रहेको बताए । अहिले सरकारले दिएको मासिक तीन हजार पाउन गरेको बताए । दैनिकी चलेको बताउनुभयो । यस्तो समयमा रोटी क्लबले गरेको सहयोगले खुशी भएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys