Erani Mahal
पाल्पामा अपाङ्गता भएका व्यक्तिद्वारा सामुहिक तरकारी र फुलखेती
Untitled-1-copy-3

सन्तोष गहतराज पाल्पा– दैनिक जसो सयौ सक्षम युवाहरु देशमा रोजगारीको अवसर नपाएर विदेश पलायन भइरहेका बेला पाल्पाको तानसेन नगरपालिका ९ टिन्टीआँपका फरक क्षमता (अपाङ्गता) भएका केही व्यक्तिहरुले भने व्यवसायिक फूल तथा तरकाली खेती गरेर मनग्य आम्दानी गरेका छन । फरक क्षमता भएका व्यक्तिहरु मिलेर माण्डब्य कृषि समुहको रुपमा फर्म दर्ता गरी फूल, मौसमी तथा बेमौसमी तरकाली खेती गरेका छन ।


कस्तो छ फूल खेती
अहिले उनीहरुको फूल बारीमा विभिन्न प्रकारका पूmलहरु देख्दा जो कसैको पनि मनमा उमंग छाँउछ । अहिले उनीहरुले व्यवसायिक रुपमा चुच्चेबारीमा फुल खेती गरेका छन । व्यवसायीक पूmल खेतीबाट उनीहरुले मासिक ३० हजार सम्म कमाउने गरेको सस्थाका अध्यक्ष दिने बस्यालले जानकारी दिनुभयो । अहिले उनीहरुको फूलबारीमा सयपत्री मखमली हजारी जस्ता फूलहरु रहेका छन । फूल उत्पादन गरेर बार्षिक रुपमा ५ लाख सम्म आम्दानी गर्ने गरेका माण्डब्य कृषि समूहले अहिले उतपादन पछि बिक्री तथा वितरणको लागि केही समस्या नरहेको बताउनुभयो ।


फर्मबाट उत्पादन भएको माला केही मदन पोखरामा नै बिक्री हुने गरेको बताउदै केही फूल भने पाल्पा तानसेन बृटबल तथा अन्य ठाउँहरुमा विक्री हने गरेको अध्यक्ष बस्यालले जानकारी दिनुभयो । सस्थामा रहेका सबै व्यक्ति फरक क्षमता रहेको बताउने अध्यक्ष बस्यालको भने हातमा समस्या रहेको बताउनुभयो । उनले भने मेरो हातको समस्या छ एउटा हात राम्रोसँग चल्दैन त्यही पनि जती सक्छु एउटा हातले भए पनि काम गर्छु । त्यस्तै गरी अर्का फरक क्षमता भएका मीन बहादुर नेपालीको स्जनलर इन्जोरी मुटुको समस्या रहेको बताउनुभयो । यसरी फरक क्षमता भएकाले व्यक्तिहरु मिलेर व्यवसायिक खेती गरेको बताउनुभयो ।


कस्तो छ तरकाली खेती
अहिले उनीहरुको बारीमा हेर्दा कतौ आलु हुर्कदै गरेको देख्न सकिन्छ भने कतै काउली बन्दाहरु त कतै टनेमा प्याज, लसुन तथा खुर्सानीका विरुवाहरु देख्न सकिन्छ । एक पटक उनिहरुको तरकाली बारी गएर हेर्दा जो कसैलाई पनि केही गरु गरु जस्तो लाग्छ । अहिले उनिहरुले १२ रोपनी क्षेत्रफलमा तरकाली खेती गरेका छन । बर्षको ८० हजार रुपिया रकम भाडा तिरेर उनीहरुले खेती गर्ने गरेको बताउनुभयो ।

उनीहरु उत्पादन गरेको गरेको तरकाली बिक्री वितरण गर्न भने समस्या नरहेको बताउनुभयो । तरकाली उत्पादन भए पछि पाल्पा तानसेन नयाँ पाटी तथा बृटवल बजार सम्म जाने गरेको बताउनुभयो । उनीहरुले अहिले दैनिक रुपमा सयौ युवाहरु विदेश पलायन भइरहेको समयमा देशमा नै काम गर्न सकेमा स्वदेशमा नै केही गर्न सकिने बताउनुभयो ।

यसरी व्यवसायीक रुपमा फरक क्षमता भएका व्यक्तिहरु मिलेर व्यवसायी खेती गर्दा तानसेन नगरपालिका २० हजार सहयोग पाएको बताए तर वडा कार्यलयबाट भने सहयोग नपाएको अध्यक्ष दिनेश बस्यालले बताउनुभयो । अहिले लक्षित बर्गको लागि बजेट आए पनि उनीहरुले वडा कार्यालयबाट सहयोग नपाएको उनीहरुको गुनासो छ ।

प्रकाशित मिति: मंगलबार, फागुन ६, २०७६  १२:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update