Erani Mahal
मिलेनियमको रेडक्रस सर्कलद्वारा वृद्धाहरुलाई सहयोग
Untitled-1-copy-2

पाल्पा– पाल्पाको मिलिनियम क्यापस युवा रेडक्रस सर्कलका विद्यार्थीद्वारा पाल्पा र स्याङजाको संगमस्थलमा रहेको श्री शिव पार्वती वृद्धा आश्रमका वृद्धाहरुलाई सहयोग गरिएको छ ।
आश्रमका ३० जना वृद्ध वृद्धाहरुलाई एक छाक खाना तथा फलफुल साथै दोसल्ला ओढाएर वृद्धाहरुको सम्मान गरिएको हो ।

प्रमुख अतिथि इन्द्र मयी लामिछानेले मानवीय भावनाका साथ विधार्थीहरुले गरेको कामको प्रशंसा गर्दै अरुले पनि यसबाट पाठ सिक्नु पर्ने बताउनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि विधालयका निम्ति प्रध्यानाध्यापक एवम युवा रेडक्रस सर्कलका सल्लाहकार कृष्ण रावलले भरखर गठन भएको सर्कलले शिव पार्वती वृद्धा आश्रममा सहयोग गरेको खुशी व्यक्त गदै आगामी दिनमा पनि यस्तै सामाजीक कार्यहरु गदै जानुपने बताउनुभयो ।


कार्यक्रममा श्रीनगर युवा क्लबका अध्यक्ष सुवास गैरे, नेपाल रेडक्रस सर्कल पाल्पाका प्रतिनिधि विनोद भारती, सुनिल श्रेष्ठ,वृद्धा आश्रम सञ्चालक सुनिल श्रेष्ठ लगाएतले शुभकामना दिनुभएको थियो । कार्यक्रम मिलिनियम क्यापस युवा रेडक्रस सर्कलका अध्यक्ष सिन्धु पौडेलको अध्यक्षता, तथा सचिव रोजीना विश्वकर्माको सञ्चालनमा भएको थियो ।

प्रकाशित मिति: मंगलबार, फागुन ६, २०७६  ११:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update