Erani Mahal
हाँस्य विधामा चर्चा कमाउँदै :पाल्पाका घिमिरे
sumit

सन्तोष गहतराज पाल्पा– पछिल्लो समयमा स्टेज कार्यक्रमहरुमा १ सय बढी आवाज निकाल्दै हाँस्य विधामा चर्चा कमाउँदै गएका छन् पाल्पाका सुमित कुमार घिमिरे । पाल्पाली धुर्मुस भनेर चिनिने नाम हो सुमित कुमार घिमिरे ।

२०५८ साल चैत ११ गते आमा सुमित्रा देवी कार्की क्षेत्री र पिता नेत्र प्रसाद घिमिरेका जेष्ठ पुत्रका रुपमा जन्मनुभएका घिमिरेका एउटा बहिनी सुजिता घिमिरे रहेकी छन । चार बर्ष देखी हास्य तथा व्याङ्गय क्षेत्रमा लागेका हास्यकलाकार घिमिरे रमाइलो टिभीको हास्य टेलिश्रीखला जे होलाहोलामा अभिनय गर्दै आएका छन ।


सानै देखी चन्चले स्वाभावका घिमिरेले कक्षा १० सम्म होराइजन बोङ्गिग स्कुलमा पढेर अहिले पाल्पाको त्रिभुवन बहुमुखी क्यापसमा व्यस्थापन संकायको पहिलो बर्षमा अध्यनन गर्दै छन ।
अहिले उनले १ सय बढी नेता,कलाकार,पशु तथा चराचरुङगीहरुको आवाज निकाल्छन । विशेष गरी कागलाई बोलाउन सक्ने क्षमता पनि घिमिरेमा रहेको छ । इन्डियन काटुन मोटु पतलु जुन साना साना भाइबहिनीहरुले रुचाउने गर्दछन सो टिमको पनि आवाज निकाल्छन त्यसैले उनि केटाकेटीहरुले पछिल्लो समयमा रुचाउने कलाकारको रुपमा पनि परिचित रहेका छन ।


पाल्पाली हाँस्य व्यङ्ग्य कलाकार किरण चित्रकार, चर्चित हाँस्यकलाकार उत्तम केसी जस्ता कलाकारहरुको प्रेरणाले यो क्षेत्रमा लागेको रानीमहललाई बताए । पछिल्लो समयमा विभिन्न नेता तथा कलाकारहरुको आवाज निकादै अगाडी बढेकोले उनलाई स्टेज कार्यक्रमहरुमा देख्न सकिन्छ । हास्यव्याङ्गय कला देखाउने घिमिरे इन्डियाको राजस्थानका साथै नेपालका १ सय बढी स्टेज कार्यक्रममा प्रस्तुती दिएका छन् ।


स्टेजका कार्यक्रमहरुमा जादा सबै भन्दा धेरै दर्शकहरु देख्दा र आफुले हँसाउदा दर्शकहरु पेट मिचि मिचि हासेको देख्दा खुशी हुने घिमिरेले भविष्यमा आफनै नामको कमेडी सो होस्ट गर्ने तथा समाजमा रहेका विकृति र विसङगतीको विरुद्ध हास्य व्याङ्गगले मार्फत आवाज उठाउने बताउँछन् ।


उनले कलाकारीताको साथ साथै खेलकुदमा पनि रुचि रहेको बताउदै क्रिकेट तथा व्याडमिन्टन पनि खेल्ने गरेको बताए । १७ बर्ष भन्दा कम उमेरका खेलाडीहरुको बीचमा भएको भएको टप २० रनिङ्गशिल व्याडमिन्टन पाल्पा जिल्लालाइ प्रतिनिधित्व गदै टप २० भएका थिए ।
हास्य व्याङ्गगले मार्फत पाल्पामा पछिल्लो समयमा सुमित कुमार घिमिरेले स्टेज कार्यक्रमका स्टेज तताउदै आएका छन ।

प्रकाशित मिति: मंगलबार, फागुन ६, २०७६  ०८:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update