Erani Mahal
पूर्व सासद तथा शैक्षिक व्यक्तित्व भागवत ज्ञवालीको निधन
BHAGWAT

पाल्पा– शैक्षिक व्यक्तित्व तथा समाजसेवी पूर्वसांसद भागवत ज्ञवालीको निधन भएको छ । नेपाली कांग्रेस गुल्मीका प्रथम सभापति तथा पुर्ब सांसद , लोकतान्त्रिक समाजबादी आन्दोलनका अगुवा रहनु भएका ज्ञवालीको आज निधन भएको हो ।

स्व. भागवत ज्ञवाली


आदर्श, निष्ठा र ईमानदारीताका प्रतिक भागबत ज्ञवालीको छाती तथा फोक्सोमा समस्या रहेको थियो । उहाँको उपचारको क्रममा काठमाडौंमा निधन भएको हो ।


गुल्मीको मानकोटमा जन्मिनुभएका ज्ञवाली पाल्पाको शैक्षिक तथा सामाजिक आन्दोलनका अगुवा समेत रहनुभएको थियो । उहाँले शिक्षण प्राध्यापन तथा तानसेन बहुमुखी क्याम्पसको स्थापनाकालदेखि नै नेतृत्व दिदैं आउनु भएको थियो । ज्ञवाली पाल्पा तथा गुल्मीका विभिन्न सामाजिक शैक्षिक संघ संस्थामा क्रियाशिल रहनुभएको थियो ।


ज्ञवालीको निधनप्रति उहाँका आफन्त, शुभचिन्तक, पार्टीका नेता, कार्यकर्ता, विद्यार्थी लगायतले सामाजिक संजाल तथा प्रेश वक्तव्य मार्फत समवेदना व्यक्त गरेका छन्, समवेदनाको क्रममा शैक्षिक तथा सामाजिक व्यक्तित्वको निधनले एक होनाहार अभिभावक गुमाएको जनाएका छन् ।

प्रकाशित मिति: मंगलबार, फागुन ६, २०७६  ०८:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update