Erani Mahal
आर्थिक अभावले उपचार नपाई मृत्यु कुर्दै : पाल्पाकी विष्णु सार्की
ssa

सन्तोष गहतराज पाल्पा– जिल्लाको तानसेन नगरपालिका वडा नं. ११ वडहरबोट उकालोटोलकी विष्णु सार्की आर्थिक अभावमा रोगसँग पौठेजोरी खेल्दै हुनुहुन्छ । उहाँ करिब एक बर्ष देखी फोक्सोको क्यानसरबाट ग्रसित भएपछि उपचारको लागि आर्थिक स्रोत नहुँदा परिवारको विच्चली भएको छ ।


श्रीमान र ३ छोरीहरु सहित पाँच जनाको परिवार रहेको विष्णुको आर्थिक अभावमामा उपचार गर्न गाह्रो भएको श्रीमान लीला बहादुर सार्कीले रानीमहललाई बताउनुभयो । सानो घर तथा खाना बस्नको लागि समस्या रहेको बताउदै सार्कीले उपचार गर्नका लागि धेरै ठाउँ चार्हदा समेत सन्चो नभएको बताउनुभयो । अब इन्डियामा उपचार गर्न भैरहवा मेडिकलले सल्लाह दिएको र आर्थिक अभाव भए पछि उपचार गर्न लान समस्या भएको श्रीमान लिला बहादुर सार्कीले बताउनुभयो ।
गाउँमा बसेर खेती किसानी तथा ज्यामी काम गर्ने लिला बहादुर सार्कीले कमाएको पैसा छोरीहरुलाई पढाउने पालन पोषण गर्दा ठिक्क हुने गरेको बताउनुहुन्छ । सञ्चो हुँदा श्रीमती विष्ण्ुाले घरायसी काम गर्ने, सिलाईको काम तथा छोराछोरीको हेरचाह र आफु ज्यामी काम गर्ने गरेको तर अहिले श्रीमतीलाई फाक्सोको क्यान्सर भए पछि परिवारको विचल्ली भएको उहाँले बताउनुभयो ।


सानो खाबा गाडेर बाँसले बारेको घरमा बसोवास गर्ने सार्की परिवारको उपचार गर्दा गाईबस्तु पनि बेचेर सकिएको छ, जसले गर्दा दैनिक जीवनयापनमा समेत समस्या भएको छ । छोरीहरुलाई घर हेर म कमाउन जान्छु भन्दा पनि छोरीहरु सानै रहेका छन्, श्रीमान्ले भन्नुभयो, यदि कोही दाता भएमा हामी आभारी समेत हुने थियौं ।


३४ बर्षकी विष्णु एक बर्ष देखी फाक्सोको क्यान्सरको उपचार गर्दा करिब पाँचलाख रकम खर्च भइसकेको छ । अहिले ्श्रीमान लिला सार्की उपचारको लागि सहयोग उठाउदै हिडने गरेका छन् ।उनmे दिनभर सहयोग उठाउदा चार÷ पाचँ सय उठ्छ, यसले उपचारको लागि ठूलो रकम धान्न गाह्रो भएको छ ।
विवाहा गरेको अहिले ९ बर्ष भएको बताउने लिला सार्कीले उपचारको लागि वडा कार्यालय र नगरपालिकाले उपचारको लागि एक लाख रुपैया सहयोग साथसाथै अन्य सहयाग गरेको बताउनुभयो । तर त्यो पैसा उपचार गर्दा सकिएको बताउदै अब थप उपचारको लागि समस्या रहेको उहाँले बताउनुभयो ।


पछिल्लो समयमा क्यानसरले च्यापदै गए पछि औषधी खाएको २÷ ३ घण्टा सम्म सन्चो भए जस्तो हुने त्यस पछि दुखाई हुने र छट पटाउने गरेको बताउनुभयो ।


अहिले त्यही दुखाईको कारणले गर्दा रातभरी तथा दिउस भरी सुत्न नसकेका बताए । बिरामी भए पछि उपचार गर्न लुम्बिनी मेडिकल कलेज तथा मिसन अस्पतालमा लगेर उपचार गराएको र प्रवासमा सिटिस्कान गर्दा क्यानसर देखिएपछि उपचार गर्न भैरहवा लगि उपचार गराएको र त्यहाँ उपचार गर्न सम्भव नभएकाले भारत लानु पर्ने अबस्था रहेको र आर्थिक अभावका कारण उपचार गर्न समस्या रहेको उहाँले बताउनुभयो । अब कही कतैबाट सहयोग भएमा उपचार गर्न सकिन्छ की भन्ने आश रहेको सार्की परिवारले बताउनुभयो ।

प्रकाशित मिति: सोमबार, फागुन ५, २०७६  २०:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update