Erani Mahal
रामपुरकाे तालपोखरामा डुंगा दौड प्रतियोगिता हुने
kkkkk

पाल्पा - रामपुर-५, फागुन शिवरात्री पर्वको अबसर पारेर यस बर्ष पनि रामपुरको तालपोखरामा खुल्ला डुङ्गा दौड प्रतियोगिता हुने भएको छ । पर्यटकीय तथा धार्मिक तिर्थस्थल बनेको रामपुरको तालपोखरामा तालपोखरा संरक्षण समितिले प्रत्येक बर्ष शिवरात्रीमा मेला लगाउदै आएको छ ।

फागुन ९ गते शिवरात्री मेलाको अबसर पारेर आगामी फागुन ८ गते खुल्ला डुङ्गा दौैड प्रतियोगिता गर्ने तयारी गरेको तालपोखरा संरक्षण विकास समितिले जनाएको छ । कृत्रिम तालको विकास गरि आकर्षण बढाउन यसबर्ष पनि डुङ्गा दौड प्रतियोगितालाई निरन्तरता दिएको समितिका अध्यक्ष सागर प्रसाद देवकोटाले बताउनुभयो । युवाहरुको सक्रियता र सहभागिता बढ्ने र फरकपनि ल्याउने अभिप्रायले प्रतियोगिता राखेको उहाँको भनाई छ ।

नेपाल सरकारको १०० पर्यटकीय गन्तव्यमा पर्न सफल तालपोखरामा पहिले पटक गतबर्ष राखिएको प्रतियोगितामा ११ समुहले भाग लिएका थिए । आन्तरिक तथा बाह्य पर्यटक भित्¥याउने उद्देश्यले आयोजना गरिएको डुङ्गा दौड प्रतियोगितामा यसबर्ष अझधेरै जोडीले भाग लिने आंकलन समितिको छ । प्रतियोगिताका सहभागी १ जोडीले काठको डुङ्गा प्रयोग गर्नेछन् । गतबर्ष प्लाष्ट्रिकको ¥याफ्टिङ बोट प्रयोग गरिएपनि यसबर्ष अझ यसलाई मौलिकता दिन नेपालका नदी नालामा चलाइएका डुङ्गा प्रयोगलाई महत्व दिइएको समितिका सचिव सुनिल देवकोटाले बताउनुभयो ।

फाइल फाेटाे ।

झण्डै ४५ रोपनी क्षेत्रफलमा फैलिएको तालको बिचमा जलेश्वर शिव भगवान्को मन्दिर छ । प्रतियोगितामा भाग लिने समुहले त्यही मन्दिरको भागलाई परिक्रमा गर्नुपर्नेछ । तालको प्रवेश गेटबाट शुरु हुने डुङ्गा दौड प्रतियोगितामा सबैभन्दा छोटो समयमा निर्धारित सो तालको दुरी पार गरेर पुुनःसोही गेट स्थलमा आउने टोलीलाई विजेता घोषणा गरिनेछ ।

गतबर्ष २ मिनेट २३ सेकेण्डमा सो दुरी पार गर्ने किशोर देवकोटा, ठाकुर खनाल, पुर्णचन्द्र देवकोटा र भगवान् देवकोटाको टोली प्रथम भएको थियो । नारायण भण्डारीको समुह द्धितिय र पविन भण्डारीको समुह तृतीय भई क्रमशः १० हजार, ५ हजार र २ हजार ५ सय रुपँया नगद जितेका थिए । गतबर्ष ¥याफ्टिङ बोट भएकाले ४जनाको जोडी भएकोमा अहिले काठको डुङ्गामा २ जनाको जोडीले भाग लिनुपर्ने तालपोखरा संरक्षण समितिका सचिव सुनिल देवकोटाले बताउनुभयो । यसबर्ष भने प्रतियोगितामा पुरस्कार हेरफेर गरेको छ ।

यसबर्षको डुङ्गा दौड प्रतियोगिताका बिजेताले ७ हजार, द्धितियले ५ हजार र तृृतीयले ३ हजार प्राप्त गर्नेछन् । बजार परिक्रमा गरि मन्दिरमा भगवान जलेश्वर महादेवको मुत्र्ति भि¥याएपछि तालपोखरा संरक्षण समितिले शिवरात्री विशेष कार्यक्रम गर्ने र प्रत्येक बर्ष शिबरात्री मेलाको रुपमा तालपोखरालाई विकास गर्ने लक्ष्य लिएर फागुन १६ देखि २० गतेसम्म मेलाको आयोजना गरेको थियो । मेलामा डुङ्गा दौड प्रतियोगिताका साथै भजनकृतन, पुजापाठ तथा विविध सांस्कृतिक कार्यक्रम गरिनेछ ।

यसको तयारी झण्डै अन्तिम चरणमा पुगेको अध्यक्ष देवकोटाले बताउनुभयो । नेपाल भ्रमण बर्ष मनाइरहदा रामपुर क्षेत्रमा धेरै पर्यटक भि¥याएर समृद्धि बढाउने उद्देश्यले तालपोखराले पर्यटनका गतिविधिलाई बढाउदै लगेको छ । कालीगण्डकी उपत्यकामा पुग्ने र मिनी फेवातालको रुपमा तालपोखरा क्षेत्र हेर्न र डुङ्गामा शयर गर्न कै लागि बुटवल पोखरा, काठमाडौंबाट विभिन्न टोली बनेर तालपोखरा पुग्ने गर्दछन् । तालपोखराको अलवा पार्क, पिकनिक पार्क सहितका रमणीय भाग र पछिल्लो समय खाजा नास्ताको लागि मौलिकता सँग जोडिएको कटेजको विकासले गर्दा तालपोखरा क्षेत्रमा चहलपहल बढ्दो छ ।

रामपुर नगरपालिकाले तालपोखरा क्षेत्रको विकास साथै सोही वडामा रहेका कुमाल समुदायको उत्थान एंव पर्यटन प्रर्बद्धनका लागि कुमाल होमस्टे कार्यक्रम सोही वडामा लगेको छ । यसले पर्यटन र कुमाल समुदायको कला संस्कृति भेषभुषा तथा अतिथि सत्कारबाट पर्यटकको बसाई थप लम्ब्याउन सकिनेछ ।

तालपोखराको विकासका लागि रामपुर नगरपालिका र पर्यटन बोर्डले लाखौं रकम सहयोग गरेका छन् । सरकारले पर्यटकीय गन्तव्यको रकम सहित नेपाल पर्यटन बोर्ड र नगरपालिकाले संरचना निर्माणमा बर्षेनि लाखौं रकम सहयोग गरेपछि स्थानीयले तालपोखराको विकास र व्यवस्थापनमा जुटेका छन् । कालीगण्डकी क्षेत्रकै आकर्षक गहना बन्न सफल भएको छ । तालपोखराको विकास र संरक्षणमा हालसम्म झण्डै ३ करोड खर्च भएको छ ।

बर्खायाममा पानी जम्ने भागलाई २०६६ सालमा महायज्ञ गरि तालपोखराको रुपमा विकास थालिएको थियो । जहाँ साढे २ करोड रकम संङ्कलन भएको थियो । सोही समयदेखि तालपोखराको संरचना शुरु भएपनि केही संरचना निर्माण सकिएसँगै ३ बर्षयता देखि पुजाआजा र डुङ्गा सञ्चालन हुदै आएको छ ।

प्रकाशित मिति: सोमबार, फागुन ५, २०७६  १५:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update