Erani Mahal
वन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
ol

पाल्पा - तिनाउ-२, बगाहमा सामुदायिक वन सम्वन्धी सव-डिभिजन स्तरीय अन्तर्क्रिया नेटवर्किङ गाेष्ठी सम्पन्न भएकाे छ । तिनाउ सव डिभिजन कार्यालय दाेभान पाल्पाकाे आयाेजनामा भएकाे उक्त कार्यक्रममा तिनाउ-१, का ७ वटा र तिनाउ-२, का ११ वटा सामुदायिक वनका अध्यक्ष तथा प्रतिनिधिहरुकाे उपस्थिति रहेकाे थियाे ।

उक्त कार्यक्रममा प्रमुख अतिथि तिनाउका प्रवक्ता राजेश श्रेष्ठले सामुदायिक वनकाे हैसियत अझै बढाउदै उपभोक्ताहरुकाे आय आर्जन र सशक्तीकरणमा जाेड दिनुपर्ने बताउनुभयाे ।

कार्यक्रममा विशिष्ट अतिथि तिनाउ-१, का वडा अध्यक्ष राेम बहादुर लम्तरीले हरेक सामुदायिक वनहरु वन ऐन अनुसार चल्नु पर्ने र संरक्षणकाे अभियानमा कार्यक्रम बनाई लाग्नुपर्ने बताउनुभयाे।उक्त गाेष्ठीमा वन अधिकृत चन्द्र भाटले गाेष्ठीकाे महत्व बारे बताउनुभएको थियाे ।

कार्यक्रममा वडा सदस्य अमर तरामु,सामुदायिक वन समन्वय समितिका महासचिव पदम शाक्य, दाेभान प्रहरी चाैकी ईन्चार्ज बाल बहादुर घर्ती, झर्ना टाेल विकास संस्थाका अध्यक्ष दिनेश जिसी, कृष्ण रेग्मी, सामुदायिक वनका अध्यक्षहरु भाेज बहादुर छहरी, लाल कुमार श्रेष्ठ, हरि प्रसाद पाण्डे, दुर्गा क्षेत्री, धन बहादुर घर्ती, खिम बहादुर बुचा र माल्मति थापाले सामुदायिक वनकाे अवस्था र समस्याको बारेमा जानकारी दिनुभएकाे थियाे ।

प्रकाशित मिति: आइतबार, फागुन ४, २०७६  २२:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update