Erani Mahal
निस्दीमा जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण
86695521_579980179223055_7310599851840897024_n

पाल्पा- निस्दी गाउँपालिका पाल्पामा ७५ वर्ष माथिका गरीव तथा बिपन्न जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गरिएको छ ।

मुख्यमन्त्री ग्रामीण बिकास कार्यक्रम अन्तर्गत निस्दी गाउँपालिका वडा नम्बर-६,अर्चले,पाल्पाका २५ जना जेष्ठ नागरिकहरुलाई एक कार्यक्रमका विच न्यानो कपडा वितरण गरिएको हो । वडाध्यक्ष मेख बहादुर सुनारीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि निस्दी गाउँपालिका पाल्पाका उपाध्यक्ष रीता कुमारी अर्याल रहनुभएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि अर्यालले जेष्ठ नागरिक हाम्रा मार्गदर्शक रहेको बताउदै स्थानीय सरकारले जेष्ठ नागरिकका लागि स्वास्थ्य बिमा कार्यक्रम ल्याएको समेत बताउनुभयो । कार्यक्रममा बोल्दै वडाध्यक्ष सुनारीले जेष्ठ नागरिकहरुको स्वास्थ्यलाई ध्यान दिई यस्ता कार्यक्रम सन्चालन गरेकोले खानपिनमा समेत ध्यान दिन सुझाव दिनुभएको थियो ।

यो वर्ष यस कार्यक्रम अन्तर्गत निस्दी गाउँपालिका पाल्पाका २०५ जना जेष्ठ नागरिकहरुले न्यानो कपडा पाउने छन् । वडा सदस्य कृष्ण बहादुर सोमैको अध्यक्षतामा चलेको कार्यक्रमको सन्चालन मुख्यमन्त्री ग्रामीण बिकास कार्यक्रमका सहजकर्ता पुष्प कुँवरले गर्नुभएको हो ।

प्रकाशित मिति: आइतबार, फागुन ४, २०७६  १६:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update