Erani Mahal
पाल्पा महाेत्सवमा नचाइन ज्याेतिले दर्शकलाई
hg


पाल्पा - पाल्पा व्यापार संघले आयोजना गरेको पाल्पा महोत्सवमा आएका हजाराैं युवा तथा दर्शकलाई ज्योति मगरले नचाएकी छिन् । ज्योतिले महोत्सवमा आएका हजारौँ दर्शकलाई आफ्नो प्रस्तुतीले उचालिन् । ज्योतिले ढाडे बिरालो, उही मूलाको सिङ्की, सुनको जस्तो लगायतका गीतहरु प्रस्तुत गरेकी थिए ।

पाल्पा महोत्सवको तेस्रो दिनमात्र १५ हजार बढी दर्शकले मेलाको अवलोकन गरेका छन् । तानसेन–९, माडीफांट दमकडामा जारी महोत्सवमा शुक्रबार चर्चित लोक तथा दोहोरी गायिका ज्योति मगर, आधुनिक गायक अर्जुन कौशल, नारायण खड्का, धनमाया दिसुवा, लोकेन्द्र थापा, संगिता थापा, रास्कोटी मगरलगायतले आ–आफ्नो प्रस्तुती राखेका थिए ।

कार्यक्रममा हास्य कलाकार नारायण खड्का। दमकडा समूहको झ्यारे, शौभाम्य कला केन्द्र र संगीता एण्ड द ग्रुप व्याण्डको समेत नृत्य र विद्यालय स्तरीय प्रतियोगितात्मक प्रस्तुती भएको सांस्कृतिक संयोजक थानेश्वर गैरेले जानकारी दिनुभयो । पहिलो, दोस्रो र तेस्रो दिन गरी अहिलेसम्म ३० हजारले मेलाको अवलोकन गरेको आयोजकले जनाएको छ । मेलाको चौथो दिन आइतबार भने श्रीस देवकोटा, शान्ता परियार, रामचन्द्र चन्द, पुरुषोत्तम भण्डारी (पूर्खे बा), विष्णु ठडराईको प्रस्तुती रहनेछ ।

प्रकाशित मिति: आइतबार, फागुन ४, २०७६  ०७:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update