Erani Mahal
रामपुरमा तासकाे खालबाट पक्राउ पर्नेहरू काे-काे हुन् ?
juwade

पाल्पा – जिल्ला प्रहरी कार्यालय पाल्पाले जुवाको खालबाट १४ जना जुवाडेलाई शुक्रबार पक्राउ गरेको छ । जिल्लाको रामपुर नगरपालिका–५, रानाटोलबाट स्थानीय रुद्रकुमार श्रेष्ठको घरबाट प्रहरीले १४ जना जुवाडेलाई पक्राउ गरेको हो ।


उनीहरुको साथबाट ८ बुक तास र १ लाख ३ हजार २८५ रुपियाँ रकम बरामद गरिएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक भीमबहादुर कार्कीले जानकारी दिनुभयो । उनीहरुलाई पक्राउ गरी जिल्ला सदरमुकाम ल्याइएको छ ।

स्राेत : जिप्रका, पाल्पा ।



प्रकाशित मिति: शनिबार, फागुन ३, २०७६  ०९:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update