Erani Mahal
कुटपिटकाे आरोपमा तानसेनका बैंजु पक्राउ
kkkk

पाल्पा – तानसेन–३, का अखण्ड बैंजु पक्राउ परेका छन् । बगनासकाली–१, चिर्तुङ्धाराका बसन्त हिताङ्लाई कुटपिट गरेको आरोपमा प्रहरीले बैंजुलाई पक्राउ गरेको हो ।

पाल्पा अस्पतालमा औषधिमा टेण्डर हाल्ने विषयमा बिवाद हुँदा बैंजुले तानसेन–४, सिल्खानटोलस्थित सेन्चुरी होटल नजिकै हिताङ्लाई कुटपिट गरेको प्रत्यक्षदर्शीले बताएका छन् । प्रहरीले बैंजुलाइ पक्राउ गरेर अनुसन्धान कार्य जारी राखेकाे जनाएकाे छ ।


पीडित हिताङ्ले प्रहरीमा सार्वजनिक नैतिकता बिरुद्धको कसुर अन्तर्गत मुद्दा दिनुभएको छ । पछिल्लो समयमा जिल्लाका विभिन्न स्थानका टेण्डरमा दादागिरी मौलाएको छ । केही समूहले विकास निर्माणका टेण्डरमा अन्य समूहलाई प्रतिष्पर्धाबाट रोक्ने कार्यमा निरन्तर सक्रिय रहेको पाइएको छ । उनीहरुले विकास निर्माणको काममा प्रतिष्पर्धी व्यवसायीलाई रोकेर लाखौँ रकम कमिसन असुल गर्दै आएका छन् ।

प्रकाशित मिति: शुक्रबार, फागुन २, २०७६  २०:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update