Erani Mahal
पाल्पाकाे रामपुरबाट १४ जना जुवाडे फक्राउ
juwade

पाल्पा – जिल्ला प्रहरी कार्यालय पाल्पाले जुवाको खालबाट १४ जना जुवाडेलाई पक्राउ गरेको छ । जिल्लाको रामपुर नगरपालिका–५, रानाटोलबाट स्थानीय रुद्रकुमार श्रेष्ठको घरबाट प्रहरीले १४ जना जुवाडेलाई पक्राउ गरेको हो ।


उनीहरुको साथबाट ८ बुक तास र १ लाख ३ हजार २८५ रुपियाँ रकम बरामद गरिएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक भीमबहादुर कार्कीले जानकारी दिनुभयो । उनीहरुलाई पक्राउ गरी जिल्ला सदरमुकाम ल्याइएको छ । प्रहरीले जुवाडेको नाम भने सार्वजनिक गरेको छैन । थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।

प्रतिनिधि तस्विर : गुगल ।
प्रकाशित मिति: शुक्रबार, फागुन २, २०७६  २०:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update