Erani Mahal
लामडाँडामा माेटरसाइकल र स्कुटी ठाेक्किदा दुई जना घाइते
images

पाल्पा – तानसेन नगरपालिका–७, लामीडाँडामा मोटरसाइकल र स्कुटर शुक्रबार दिउँशो आपसमा ठोक्किदा दुई जना घाइते भएका छन् । घाइते मध्ये रुपन्देही जिल्ला लुम्विनी सांस्कृतिक नगरपालिका–४, का २४ वर्षका पिङगु विश्वकर्मा गम्भीर घाइते हुनुभएको छ ।

मोटर साइकल चालक तानसेन बस्दै आएका भारतको महाराजगन्जका २४ वर्षका प्रिजेस पाण्डु सामान्य घाइते हुनुभएको प्रहरीले जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव निरीक्षक पृथ्वीनारायण काफ्लेले घाइते दुबै जनाको लुम्बिनी मेडिकल कलेज तानसेनमा उपचार भईरहेको छ ।

तानसेनबाट बुटवल गईरहेको लु १८ प ९५ नम्बरको मोटरसाइकल र बुटवलबाट तानसेनतर्फ आइरहेको लु ५१ प ९२२६ नम्बरको स्कुटर आपसमा ठोक्किएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन २, २०७६  १९:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update