X

प्रेम व्यक्तिको आत्माबाट आउने एक प्रकारको सकारात्मक भाव हो

भुवन रायमाझी || २ फाल्गुन २०७६,शुक्रबार ०८:२५

सन्दर्भ : प्रेम दिवश

पाल्पा- प्रेम शब्दको उच्चारण नै सुन्दर, प्रेम जसले सुन्छ, पढ्छ, बुझछ ऊ मुस्कुराउछ । प्रेम हृदयबाट प्रस्फुटित हुन्छ अनि हृदयमै पुगेर टुगिन्छ । एउटा अथाह भाव जसले जीवन डो–याउछ, जीवनमा इन्द्रेणी रंग भर्छ र जसले हरेकलाई प्ररेणा पनि प्रदान गर्दछ त्यो हो प्रेम । अर्थात माया कुनै बेला देखिन्छ, कुनै बेला अनुभव गर्न सकिन्छ त कसैले भनेर देखाएर हुने चीज पनि होइन् । प्रेम त एक स्वतस्फूर्त रुपमा हुने चार्ज हो । प्रेम व्यक्तिको आत्मबाट आउने एक प्रकारको सकारात्मक भाव हो । जसले एक प्रकारको आत्मीयता जगाईदिन्छ ।

प्रेम दुई विपरित लिङ्घबीचको मात्र होइन् वास्तवमा प्रेम परिवारसंग हुन्छ, साथीहरुसंग हुन्छ, आफना प्रियजनहरुसंग पनि हुन्छ त्यसैले प्रेमले मानिसलाई एब किसिमको बाँच्ने उर्जा दिन्छ

वास्तवमा प्रेमलाई विभिन्न व्यक्तिहरुले विभिन्न परिभाषामा अर्थाए पनि प्रेम यस्तो पवित्र चीज हो जसले जसलाई र जुन उमेरसंग पनि गर्न सकिन्छ तर त्यसमा प्रात्ति भन्दा आत्मियता, हार्दिकता सम्झौता र निस्वार्थ हुनुपर्दछ यही पनले मायालाई बाचई राखेको हुन्छ, त्यसैले त प्रेम दीर्घकालीन र मिठासपूर्ण हुन्छ । प्रणय दिवस अर्थात प्रेम दिवस विश्वमा हरेक वर्ष फ्रेबअरी १४ तारिखका दिन साताव्यापी रुपमा मनाइन्छ सत्ताह प्रेममा रहेका जोडीहरुका लागि यो निकै प्रतिक्षित साता हो । प्रेम गर्नेहरुका लागि वर्षभरि नै विशेष दिन भए पनि यो एक साता अझ फ्रब्रअरी १४ अर्थात भ्यालेन्टाइन डे अझ विशेष मानिन्छ । प्रणय दिवस भनेर चिनिने यो दिन माया प्रेम, सद्भाव साटासाटा गर्ने दिनको रुपमा परिचित मानिन्छ । अरु दिन खासै चहलपहल नहुने भए पनि यो दिन हातमा रातो गुलावको फुल, मुहारमा मिठो मुस्कान, सहित माया साटासाट गर्ने पे्रमी जोडीहरुको जमात हुन्छ । एक अर्कोको सम्बधलाई प्रगाढ बनाउन हरेक मायालु जोडीहरु एक अर्कोमा उपहार साटा साट र रमाइलो गर्न मै व्यस्त देखिन्छन् । रोज डे, प्रपोज डे, टेडी डे, प्रमिस डे, हग डे, किस डे पछि आउने भ्यालेन्टाइन डे को आकर्षण बढी देखिन्छ । विवाहित जोडीहरु खुलेआम यो दिन एक अर्कोमा प्रेम सद्भाव व्यक्त गरी मनाउछन् । मिठा मिठा मिठाईका परिकार त्यस्तै गरी गिपट आदान प्रदान गरी मनाउने गर्छन् भने अविवाहितहरु ले पनि यो दिवस मायाको चिनो आदनप्रधान गरी मनाउछन् ।

फ्रेबअरी १४ अर्थात प्रणय दिवस प्रेम प्रस्ताव राख्न चाहने युवालाई सही र भरपर्दो माध्यम बनेको छ । प्रेम गर्नलाई कुने दिन हेरिदेन र मतलव हुदैन पे्रम गर्नेहरुका लागि हरेकदिन प्रेमिल बनेको हुन्छ आफर्नो प्रिय मान्छेको साथ नेै मुल्यवान उपहार हो कुनेै चिज दिएर या लिएर प्रेम गर्छु भनेर जनाउनु जरुरत पर्दैन्, बस पे्रम आफैमा एउटा बहुमुल्य उपहार हो भगवानको । सच्चा प्रेमको अगाडी दुनियाको हरेक चिज फिक्का हुन्छ । प्रेम अक्सीजन जतिकै हो । यो एकदमै अनियंत्रित पनि हुन्छ । कसैलाई यति र उति मात्र गर्छु भन्दा पनि त हुदैन् प्रेम गर्नका लागि कुनै सीमितता छैन् यो त एउटा बाँच्ने आधारशिला हो । जीवनमा आफूलाई प्रेम गर्नेहरु र आफूले प्रेम गरिनेहरु भएन् भने जिउनुमा कुनै सार्थकता हुदैन्थ्यो होला ? प्रेम दुई विपरित लिङ्घी बीचको मात्र होइन् वास्तवमा प्रेम त परिवारसंग हुन्छ, साथीहरुसंग हुन्छ, आफना प्रियजनहरुसंग पनि त हुन्छ ।

त्यसैले त प्रेमले मानिसलाई एब किसिमको बाँच्ने उर्जा दिन्छ । प्रणय दिवसका रुपमा रहेको यस दिन युवाले मन पर्ने प्रेमिका वा प्रेमीलाई बर्षाै आँट गर्न नसकेका प्रेम प्रस्ताव राख्ने गर्छन । सोही कारण पनि यस दिन युवायुवतीको विशेष आकर्षण दिन हुने गर्छ । भ्यालेन्टाइन डे इस्वी संवत् २६९ बाट इटालीको रोमबाट सुरु भएको हो । तेस्रो शताब्दीका रोमन शासक सम्राट क्लाउडियस दोस्रोले देशवासीलाई सैन्य भर्तीमा सामेल हुन उर्दी जारी गरे । महिलासंगको सम्बन्धका कारण पुरुष कमजोर हुने ठानी सम्राटले प्रेम र विवाहमा रोक लगाए । रोममा भ्यालेन्टाइन नाम गरेका पादरीले सम्राटको उक्त अभियानलाई विरोध गरेकाले धेरै सैनिकले विवाह गरे । अभियान असफल भएपछि सम्राटले पादरीलाई पक्राउ गरी मुत्युदण्ड दिए । जेलमा छंदा जेलरकी छोरी र भ्यालेन्टाइनबीच प्रेम बसेकाले मृत्युदण्ड अघि लभ फ्रम योर भ्यालेन्टाइन भनी हस्ताक्षरसहितको प्रेमपत्र भ्यालेन्टाइनले २६९ को फ्रेबअरी १४ तारिखका दिन मुत्युदण्ड दिएकाले यसै दिनलाई प्रणय दिवसका रुपमा मनाउने गरिएको छ । यसरी यो दिवस मनाउने प्रचलन बढेको पाइन्छ ।

आखिर प्रेम दिवसलाई आधुनिक युवापुस्ताले आधुनिकताको नाममा अनेकौ विकृति फैलाएका छन् । युवायुवतीमा एक प्रकारको विकराल रुप देखा पर्न थालेको छ । जर्बजस्ती प्रेम गर्नेको होड चलेको छ । बदला, झगडा गर्ने, कुलतमा लाग्ने मंहगा विलासीका सामाग्रीहरु आदानप्रदान होटलहरु जाने विभिन्न अनैतिक क्रियाकलापमा संलग्न हुने, क्षणिक आनन्दमा मोज मोस्ती गर्नेजस्ता विकृतिहरु देखिन्छन् । कुनै पनि पर्व मनाउनु नराम्रो होइन् त्यो पर्वलाई हामीले कसरी मनाइन्छ भन्नेमा भर परेको हुन्छ हुन त यो प्रणय दिवस पश्चिमी संस्कृति हो यो संस्कृतिको केही राम्रो पक्ष भएता पनि अहिलेका आधुनिक युवापुस्तामा एकदमै विकृति फैलाएको पाउछौ ।

यसले गर्दा आधुनिकता संगै युवायुवतीले संस्कृति जर्गेना भन्दा पनि विसङगती भित्राएका छन् । आखिर माया गर्नेहरुका लागि सधै प्रेम दिवस नै हुन्छ तर पनि यो पश्चिमी संस्कृति संगै भित्रिएको यो दिवसले कैयौ युवापुस्ताको जीवन नारकीय बनाएको छ । उनीहरुमा एक अर्कोमा देखासिकी को प्रवृत्ति बढेको पाइन्छ । पश्चिमी सभ्यताको यो चाडले विस्तारै हाम्रो देशमा पनि प्रवेश गरेसंगै आज हाम्रा मूल्य मान्यता, संंस्कार र परम्परा खण्डित भैरहेका छन् । आधुनिकता र देखावटीपनको चकचकी बढदो छ माया प्रर्दशन गर्नेहरुको होड नै चलेको छ । गर्लफ्रन्ड र ब्याइ फैन्ड बनाउने त फेसन नै चलेको छ ।

त्यसैले चाडपर्वको मौलिकतालाई ध्यानमा राख्दै यसलाई संही तरिकाले मनाउनुपर्छ भद्घा प्रदर्शन र अश्लीलताबाट बचाउनुपर्छ । माया प्रर्दशन गरेर होइन् साथीको मन, व्यवहारबाट जित्नुपर्छ, विश्वासपूर्ण रुपमा आफनो भावना व्यक्त गर्नुपर्छ अरुको लहलहैमा लागेर होइन् संही तरिकाले मनाउनुपर्छ तब मात्र प्रेम दिवसको सार्थकता हुन्छ । प्रेम त्यस्तो बनोस् भोलिका समयमा जीवनलाई फर्केर नियाल्दा पश्चाप होइन् खुसी र संन्तुष्टि फिजाउन पाइयोस् जहाँ एक मनले अर्को मनको कदर गरेको होस् । तब मात्र प्रणय दिवस मनाउनुको सार्थकता हुन्छ ।

रैनादेवी छहरा पाल्पा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys