Erani Mahal
अनेरास्ववियू पाल्पाद्वारा जनयुद्ध दिवशको अवसरमा तानसेनमा दीप प्रज्वलन
84484572_226747411789217_4483921448724856832_n

पाल्पा– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन ( अनेरास्ववियु) पाल्पाले २५ औं जनयुद्ध दिवशको अवसरमा तानसेनमा दीपप्रज्वलन गरेको छ ।


तनसेनको सित्तलपाटीमा जिल्ला संयोजक पदम सोमैको नेतृत्वमा विद्यार्थीहरुले दीप प्रज्वलन गरेका हुन् । उनीहरुले जनयुद्ध र त्यसको परिवर्तनमा गरेको योगदानको बारेमा चर्चा गरेका थिए ।


दीप प्रज्वलन कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा प्रदेश सांसद तुलाराम घर्ती, अर्का केन्द्रीय सदस्य ठाकुर गैरे प्रदेश सांसद पुरनमान बज्राचार्य, तानसेन नगरका प्रमुख अशोक कुमार शाही, विद्यार्थीका केन्द्रीय सदस्य विक्रम राना लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तुलाराम घर्ती मगरले नेपाली परिवर्तनको जग नै जनयुद्ध भएकाले त्यसको योगदानलाई कसैले भुल्न नहुने बताउनुभयो । उहाँले देशमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, छुवाछुत अन्त्य, लैंगिक विभेदको अन्त्यका लागि जनयुद्धले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।

उहाँले जनयुद्धका क्रममा ज्यान बलीदान गर्ने हजारौं शहिद, घाइते, अपाङ्ग, वेपत्ताको सपना साकार हुने गरेर अहिले कम्युनिष्ट एक ढिक्का भएर काम थाल्नुपर्ने बताउनुभयो । उहाँले जनयुद्ध नै नेपाली परिवर्तन र क्रान्तिको मेरुदण्ड भएको बताउनुभयो ।

प्रकाशित मिति: बिहीबार, फागुन १, २०७६  १९:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update