Erani Mahal
जनकल्याण आवि निस्दी, मित्यालको २६ औं वार्षिकोत्सब
hh

पाल्पा- जन कल्याण आधारभूत विद्यालय निस्दी-४, मित्याल , पाल्पाको २६ औं वार्षिकोत्सब सम्पन्न भएको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोक बहादुर ठाडाको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक लोकबहादुर सारुले आर्थिक वर्ष २०७५/०७६ को वार्षिक तथा ३८ लाख ५ हजार रुपैया बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियोे ।

विद्यालयका शिक्षक रेमबहादुर खनगाहाको स्वागत मन्तव्यबाट शुरु कार्यक्रममा प्रमुख अतिथि निस्दी गाउँपालिका शिक्षा शाखा संयोजक नरबहादुर थापा, विद्यालयका पुर्व अध्यक्ष प्रमा सिं सुनारी , मित्याल अतिरिक्त हुलाक कार्यालयका बोम बहादुर खनगाहा , पुर्व शिक्षक देव बहादुर खनगाहा लगायतले बोल्नुहुँदै विद्यालयको प्रगतिको कामना गर्नुभएको थियोे।

कार्यक्रममा गत शैक्षिकवर्ष २०७५ को वार्षिक परीक्षामा पुरस्कृत विद्यार्थी , उत्कृष्ट शिक्षक , अतिरिक्त क्रियाकलापमा विजेता विद्यार्थीलाई पुरस्कार प्रदान गरेको थियोे ।

विद्यार्थीद्वारा साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेको कार्यक्रमको संचालन शिक्षक बोम बहादुर खाम्चाले गर्नुभएको थियोे ।

प्रकाशित मिति: बिहीबार, फागुन १, २०७६  १८:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update