Erani Mahal
पाल्पाको दमकडामा महोत्सव सुरु : फोटो फिचर सहित
fd

पाल्पा– फागुन ११ गतेसम्म चल्ने पाल्पा महोत्सव विहिवारबाट पाल्पाको सुरु भएको छ । पाल्पा व्यापार संघको आयोजनामा फागुन १ गतेदेखि हुन लागेको महोत्सवको उद्घाटन स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले गर्नुभएको छ । उहाँले महोत्सवमा ड्रोन मार्फत झण्डोत्तलन गरी महोत्सवको उद्घाटन गर्नुभएको हो ।


‘पाल्पाको समृद्धिको आधार स् कृषि, पर्यटन र व्यापार’ भन्ने नाराका सञ्चालन हुन लागेको पाल्पा महोत्सव फागुन ११ गतेसम्म सञ्चालन हुने छ ।

महोत्सवमा २ सय ७५ वटा स्टल रहेको मूल आयोजक समितिका संयोजक चिरन्जीिवि पोखरेलले बताउनुभयो ।


उहाँले पाल्पाका किसानले उत्पादन गरेका कृषिजन्य वस्तु, घरेलु तथा साना उद्योगबाट उत्पादित पाल्पाली ढाका, करुवालगायतका वस्तुका स्टल रहेको जानकारी दिनुभयो ।

यस्तै पाल्पाका पशुपालक किसानले उत्पादन गरेको दुग्धजन्य वस्तु, राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीबाट उत्पादित सामग्री स्टल रहेका छन् ।


जिल्ला र यहाँका नागरिकको आर्थिक तथा सामाजिक उत्थानका लागि महोत्सवले टेवा पुग्ने आयोजकको दावी छ ।

नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न स्थानीय वस्तु, सेवा र पर्यटकीय क्षेत्रको पहिचान तथा प्रचारप्रसार, बजार प्रवद्र्धन एवम् उद्यमी व्यवसायीलाई महोत्सवले प्रोत्साहित गर्ने अध्यक्ष पोखरेलले बताउनुभयो ।


पाल्पाका लोपन्मुख जातजातिका कला सँस्कृति झल्किने प्रस्तुती र राष्ट्रिय तथा स्थानीय कलाकारको समेत दैनिक प्रस्तुती रहने छ ।

यस्तै, महोत्सवमा स्थानीय संस्कृति झल्किने घाटु नाच, ठूलो नाच, सोरठी, कडुवा ख्याली, भजन, रोइला, चुट्का, फागु नाच, लाखे नाच, झ्याउरे प्रस्तुत हुने सांस्कृतिक उपसमितिका संयोजक थानेश्वर गैरेले बताउनुभयो ।


एक लाख दर्शकले अवलोकन गर्ने महोत्सवमा ५ करोड बराबरको कारोबार हुने आयोजकको अनुमान छ । करिब ७० लाख आम्दानी हुने छ।

महोत्सव अवलोकनको लागि सर्वसाधारणले ५० रुपयाँ, विद्यार्थीले २५ रुपयाँ तिर्नु पर्ने छ भने ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिले निस्शुल्क व्यवस्था गरिएको सचिव पर्शुराम पौड्यालले बताउनुभयो ।


महोत्सवको सुरुवातमा विभिन्न संघ संस्था, विद्यालय, टोलविकास संस्था आदिले र्याली समेत निकालेका छन् ।

प्रकाशित मिति: बिहीबार, फागुन १, २०७६  १८:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update