Erani Mahal
नेपालकै ठूलाे खुकुरी १ लाख ११ हजारमा बिक्री !
Capture-43

चुरामणी तिमिल्सिना, पाल्पा - नेपालमै पहिलो पटक निर्माण गरिएको नेपालकै ठूलो खुकुरी बिक्री भएको छ । रुरु महोत्सव तथा मुसिकोट महोत्सवमा प्रदर्शनीमा राखिएको खुकुरी गुल्मी श्रीङगा हाल बुटवलमा रहदै आउनु भएका समाजसेवी पोमलाल कंडेल तथा गीता कंडेलले किन्नुभएकाे हाे ।

बाग्लुङ् बुर्तिबाङका निर्माणकर्ता मनबहादुर बिकले नेपालकै ठूलाे खुकुरी बिक्री गर्नुभएकाे हाे । मन बहादुरले धेरै मेला तथा महोत्सवमा राखेको र अहिले सम्म बिक्री नभएको बताउनुभयाे । ४२ किलो ताैल रहेकाे कुखुरी फलामबाट बनेकाे हाे । ६ वर्षअघि निर्माण गरिएकाे उक्त खुकुरीकाे मुख्य एक लाख ११ हजार १ सय ११ रहेकाे छ ।

फाइल तस्विर ।

आफ्नो घरमा सजाएर राख्नका लागि खुकुरी किनेकाे कँडेलले बताउनुभयाे । थप खुकुरी पाए अझै खरिद गर्ने याेजना रहेकाे उहाँले बताउनुभयाे । उक्त खुकुरी विभिन्न मेला महाेत्सवमा प्रदर्शनका लागि राखिदैं आएकाे थियाे ।

प्रकाशित मिति: बुधबार, माघ २९, २०७६  २१:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update