X
20
Shares

पाल्पाली ढाका बिक्रीका लागि समस्या छैन : मुख्यमन्त्री पाेखरेल

रानीमहल संवाददाता || २९ माघ २०७६,बुधबार २०:५८

पाल्पा – ५ नं. प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पाल्पाली ढाकाले मुलुकको आर्थिक समृद्धिमा सहयोग दावी गर्नुभएको छ । पाल्पाली ढाका नेपालकै पुरानो र संस्कृतिको एउटा अंग भएको भन्दै उहाँले यसको प्रबद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रदेश सरकार र यूके एआडी सीप परियोजनाको सहयोग तथा पाल्पाली ढाका संघको आयोजनामा बुधबार तानसेनमा भएको ‘ढाका परियोजना’ सम्बन्धि सम्झौता हस्ताक्षर कार्यक्रममा उहाँले उक्त कुरा बताउनुभएको हो । ‘नेपालको चलनचल्तीमा जतिबेला ढाकाको टोपी आयो, त्यो ढाका पाल्पामा उत्पादन भएको थियो’ उहाँले भन्नुभयो ‘नेपाललाई पहिचान दिएको पाल्पाली ढाका पछिल्लो समयमा ओझेलमा पर्नु दुःखद् हो ।’ यो परियोजनाले पाल्पाली ढाकालाई पुनरजन्म दिनेमा आफु आशावादी रहेको मुख्यमन्त्री पोखरेलले बताउनुभयो ।

कार्यक्रमभरी पाल्पाली ढाकाको बारेमा केन्द्रित रहेर आफ्नो मन्त्यब्य राखेका उहाँले आफु मुख्यमन्त्रीको सपथ लिने बेलामा पाल्पाली ढाका टोपी बुटवल बजारमा खोज्दा नपाएको सुनाउनुभयो । पश्चिमी भेगमा पूर्वेली टोपीले स्थान पाउने तर आफ्नो इतिहाँस बोकेको पाल्पाली ढाकाको टोपी ओझेलमा परेकोप्रति उनले चिन्ता व्यक्त गर्नुभयो ।

गुणस्तरीय र समयको माग अनुसार पाल्पाली ढाकाको ब्राण्ड दिन सके बजारको समस्या नहुने उहाँले बताउनुभयो । नेपालमा मात्र नभई विदेशी मुलुकमा समेत यो ढाकाबाट निर्मित सामग्रीको खपत हुने उहाँले बताउनुभयो । यहाँको ढाकालाई प्रचार प्रसार र प्रवद्र्धनको लागि वर्षमा एकपटक विशेष मेला महोत्सव गर्नुपर्ने उहाँले बताउनुभयो ।

ढाका पाल्पालीको पहिचान भएको तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाहीले बताउनुभयो । एकातिर ढाकाको उत्पादन घट्दै जानु र अर्कोतिर ढाकाको माग बढ्दै गइरहेको उहाँले बताउनुभयो । विदेशी ढाकाको आयात बढ्नुले यहाँको ढाकामा असर गरेको उनले बताए। पाल्पाली ढाकाको गुणस्तरीय ब्राण्ड दिनेगरी व्यापार व्यावसाय प्रवद्र्धन गर्न तानसेन नगरपालिकाले थालेको अभियानमा सहयोग गरेको प्रदेश सरकार र दातृ संस्थालाई प्रमुख शाहीले धन्यवाद दिनुभयो ।

यो सम्झौतामार्फत विभिन्न ९ वटा संस्थाबाट सहभागी युवालाई ढाकासम्बन्धि सीप र उद्यमी बनाउने गरी सहजीकरण गरिने सीप परियोजनाका प्रमुख बल्जित बोहोराले बताउनुभयो । उहाँका अनुसार तीन वर्षे परियोजना अन्तर्गत १५ सय युवालाई स्वरोजगार बनाउने लक्ष्य छ । कार्यक्रममा ढाका बुन्ने, स्वरोजगार बुनाई गर्नेहरु, प्राविधिक डिजाइन र सिलाईकर्ता गरी १५ जना सहभागी हुने छन् ।

करिब ५ करोडको लगानीमा यो परियोजना सञ्चालन हुने छ । परियोजना सम्झौतामा तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाही, पाल्पाली ढाका संघका अध्यक्ष पूर्णमायाँ महर्जन र सीप परियोजनाका प्रमुख बल्जित बोहोराले बुधबार हस्ताक्षर गर्नुभयो ।
तालिमपश्चात उद्यमी बन्न चाहनेहरुलाई जनउत्थान सामुदायिक लघुवित्त वित्तिय संस्थाले लगानी गर्ने गरी सम्झौता भएको संस्थाका कार्यकारी प्रमुख श्रीराम पोखरेलले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys