Erani Mahal
मदनपाेखराकाे सहकारीबाट तरकारी लिएर बुटवलतर्फ जाँदै गरेको गाडी दुर्घटना
86282312_209397076853896_8816357897681240064_n

पाल्पा – मदनपाेखरा संगम बहुउदेश्यीय सहकारी संस्था लिमिटेडको तरकारी लिएर बुटवलतर्फ जाँदै गरेको गाडी दुर्घटना भएको छ ।

तानसेन ९ तिन्टीअाँपबाट तरकारी लिएर हिंडेको लु २ च ३१४ नम्बरको बलेरो गाडी तानसेन ९ बाहुनखोला सालघारीमा दुर्घटना भएको हो ।

सहकारीका सहसचिव एवम बजार प्रतिनिधि चिन्तामणि भट्टराई र अनिल थापा सकुशल हुनुहुन्छ । गाडी सडकबाट करिव १०० मिटर तल खसेकाले काउली र अन्य तरकारी पोखिएको छ भने गाडीमा क्षति भएको छ । सहकारीको गाडी तरकारी लिएर दैनिक बुटवल बजार जाने गर्दछ ।

प्रकाशित मिति: बुधबार, माघ २९, २०७६  १३:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update