Erani Mahal
प्रहरीद्वारा शैक्षिक सामग्री वितरण
84604479_189225828955070_4247495022477312_n

पाल्पा - जिल्ला प्रहरी कार्यालय पाल्पाले जनता आधारभूत विद्यालय निस्दी-५, गल्धामा शैक्षिक सामग्री वितरण गरेको छ। सामुदाय प्रहरी साझेदारी अवधारणा अन्तर्गत विद्यालय सम्पर्क कार्यक्रममा रहि विद्यार्थीलाई हौसला प्रदान गर्न शैक्षिक सामग्री वितरण गरेको हो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम बहादुर गाहाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पाल्पाका एस. पि. प्रहरी उपरीक्षक दिपेन्द्र जी. सीले ५५ जना गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई कपी कलम र पानीको बोटल वितरण गर्नुभएको थियोे ।

कार्यक्रममा ५ नम्बर वडा कार्यालय गल्धाका अध्यक्ष भिमबहादुर वयम्बु , विद्यालयका प्रधानाध्यापक टोक बहादुर खण्डलुकले बोल्नुहुँदै यो सामग्री वितरण कार्यक्रमले विद्यार्थीहरुलाई ठुलो सहयोग पुगेको बताउनुभयो । कार्यक्रमको संचालन प्रहरी सहायक निरीक्षक विनोदरज खत्रीले गर्नुभएको थियोे ।

प्रकाशित मिति: आइतबार, माघ २६, २०७६  २०:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update