Erani Mahal
बेलडाँडा-मित्याल -अरुणखोला मोटरबाटो चाैंडा गरिदैं
85015768_557207098204052_7025989664968278016_n

पाल्पा - निस्दी गाउँपालिका बेलडाँडा-मित्याल -अरुणखोला मोटरबाटो फराकिलो बन्दैछ। निस्दी-५, गल्धाको बेलडाँडादेखि मित्याल सम्मको १४ किलोमिटर मोटरबाटो फरकिलो पर्ने कार्य धमाधम भइरहेको छ।

केन्द्र सरकारको २ करोड र ५ नम्बर प्रदेश सरकारको २ करोड ५० लाख गरि कुल ४ करोड ५० लाखको लागतमा बाटो स्तरउन्नति भइरहेको बेलडाँडा मित्याल अरुणखोला मोटरबाटो समितिका अध्यक्ष सन्तविर सुनारीले बताउनुभयो ।

बेलडाँडादेखी ढुंगानावेशी सम्म ५ किलोमिटरको लागि केन्द्र सरकारबाट २ करोड र ढुंगानावेशीदेखी मित्याल सम्म ९ किलोमिटरको लागि प्रदेश सरकारबाट २ करोड ५० लाखको लागतमा बाटो निर्माण भइरहेको निस्दी गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुले बताउनुभयो ।

अहिले ८ मिटर चौडाको बाटो फरकिलो र नाली निर्माण गर्ने कार्य भइरहेकोमा लगत्तै कालोपत्रे गर्ने सडक डिभिजन कार्यालय पाल्पाक सूचना अधिकारी इन्जिनियर सौजन्य नेपालले जानकारी दिनुभएको छ। बाटो निर्माण गर्ने कार्य फरक - फरक २ वटा कन्ट्रकशन प्रालिले गरेको छ। निस्दी गाउँपालिका भित्रीने मुल सडकको रूपमा रहेको यस बाटोको स्तरउन्नति भए पछि यहाँका स्थानीयले धेरै सुबिधा पाउने देखिन्छ ।

प्रकाशित मिति: आइतबार, माघ २६, २०७६  १९:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update