Erani Mahal
तिनाउँले दादुरा–रुवेला विरुद्धको खोप अभियान संचालन गर्ने
d

पाल्पा– तिनाउँ गाउँपालिकाले दादुरा रुवेला विरुद्धको खोप अभियान संचालन गर्ने भएको छ । गाउँपालिका स्तरीय खोप समन्वय समितिका संयोजक एवम् पालिका अध्यक्ष ओमबहादुर घर्तीको अध्यक्षतामा बसेको बैठकले अभियानकै रुपमा संचालन गर्ने निर्णय गरेको हो । स्वास्थ्य शाखा संयोजक कृष्ण कार्कीले सहजिकरण गर्नुभएको कार्यक्रममा पालिकाका सबै स्वास्थ्य संस्थाका प्रमुख तथा प्रतिनिधि, वडाअध्यक्ष लगायतको सहभागिता रहेको थियो ।


अभियान यही फागुन १५ गतेदेखि २५ गतेसम्म ९ महिनादेखि ५ वर्ष भित्रका सबै बालबालिकालाई दादुरा र रुबेला रोग विरुद्धको खोप लगाउनबाट नछुट्नको लागि अभियानकै रुपमा सबै सरोकारवालाबीचको छलफलमा सम्पनन गर्ने निर्णय भएको अध्यक्ष घर्तीले रानीमहललाई जानकारी दिनुभयो ।


त्यसका लागि वडा अध्यक्षको संयोजकत्वमा वडा खोप समन्वय समिति गठन गर्ने र सबै विद्यालयका शिक्षक, कर्मचारी, जनप्रतिनिधि सदस्य रहने र आ–आफ्नो क्षेत्रमा योजना बनाइ अगाडि बढ्ने निर्णय समेत गरेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर भण्डारीले रानीमहललाई बताउनुभयो ।

प्रकाशित मिति: आइतबार, माघ २६, २०७६  १६:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update