Erani Mahal
असनटाेलकाे छे‌डीमा सडक विस्तार गर्दै तानसेन नगरपालिका !
84734661_2779639312129194_4777979193554108416_n

पाल्पा– तानसेन नगरपालिकाले नगरको सौन्दर्यकरण र विकासका लागि स्थानीयको सहयोगमा विभिन्न कामहरु अगाडि बढाउन थालेको छ ।


नगरपालिकाले नगरका सबै स्थानमा मोटरबाटोको पहुँचका लागि गोरेटोबाटो नजिकका घर जग्गाका घरधनीहरुलाई कन्भिन्स गर्दै मोटरबाटोको विस्तार र स्तरउन्नती गरेको छ । यसै क्रममा तानसेन २ असनटोल छेडीमा रहेको घर किनेर नगरपालिकाले बाटो विस्तार गरेको छ ।


नगरपालिकाले स्थानीय स्थानीय घरधनी सुवोधलाल श्रेष्ठलाई न्यूनतम लागत मूल्यांकन गरी उहाँको घर खरिद गरेर असनदेखि महेन्द्रबोधी स्कुल हुँदै मिसनसम्म जानको लागि तीन मिटरको मोटरेवल बाटो निर्माणको थालनी गरेको छ ।


तानसेन नेपालकै पुरानो नगरपालिका भित्रको नगरभएकोले यहाँको भौतिक संरचनाहरु परम्परागत र साँघुरो भएकाले नगरपालिकाले सहमतिमा वैज्ञानिक र व्यवस्थित तवरले भौतिक विकासको काम अगाडि बढाएको तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाहीले बताउनुभयो । उहाँले आफ्नो निर्वाचनको प्रतिवद्धता अनुसार सडक, पर्यटन, विद्युत, शिक्षा लगायतका क्षेत्रमा योजना बनाएर काम थालिएको बताउनुभयो ।


स्थानीय व्यक्तिको जग्गामा सानो गोरेटो बाटो रहेको तर त्यो नक्सामा समेत नभएको त्यहाँ बाटो विस्तारको क्रममा उहाँको सबै जग्गा जाने भएकाले जग्गा प्राप्ती ऐन अनुसार एक करोड ५ लाख मुआव्जा दिएर जग्गा अधिग्रहरण गरेको नगरप्रमुख शाहीले बताउनुभयो । उहाँले त्यस स्थानमा अन्य व्यक्तिले घर बनाउँदा भित्र जाने छेंडी समेत बन्द हुने भएकाले उत्तरी भेगका जनताको सुविधाको लागि बाटो निकास बनाइएको दावी गर्नुभयो ।


बाटो विस्तारका लागि ७५ लाख नगरपालिका र बाँकी ३० लाख स्थानीय जनसमुदायको लागत सहभागितामा निर्माण गर्न थालिएको प्रमुख शाहीले बताउनुभयो । उहाँले अन्य क्षेत्रमा समेत नगरपालिकाले बाटो विस्तार गर्ने र नगरको शौन्दर्यकरण गर्ने योजना रहेको बताउनुभयो ।


प्रमुख शाहीले तानसेनको पर्यटन विकासको लागि दरबार संग्राहलयमा गुरुयोजना बनाएर बगैंचा निर्माण, पार्क निर्माण र सडकका साँघुरा घरटहराहरु समेत भत्काएर पर्यटन विकासमा नगरसरकारले काम गर्ने सोंच रहेको बताउनुभयो, त्यसको लागि स्थानीय जनसमुदाय र व्यवसायीहरुको साथ आवश्यक रहेको प्रमुख शाहीले बताउनुभयो ।

प्रकाशित मिति: आइतबार, माघ २६, २०७६  ०९:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update