Erani Mahal
पाल्पामा एकवर्षे कम्प्युटर साक्षरता कोर्षका विद्यार्थीलाई प्रमाणपत्र वितरण
IMG_1175

कम्प्युटर शिक्षा आत्मनिर्भरताको लागि आवश्यक ः नगर प्रबक्ता घिमिरे
पाल्पा– तानसेन नगरपालिकाका प्रबक्ता दामोदर प्रसाद घिमिरेले अहिलेको युगमा आत्मनिर्भरताको लागि कम्प्युटर शिक्षा आवश्यक भएको बताउनुभएको छ । राइटस्टेप एजुकेशनल एकाडेमी र डाइनामिक कम्प्यूटर एकाडेमी तानसेन पाल्पाको सहकार्यमा संचालित एक वर्षे कम्प्यूटर साक्षरता अभियान (पिडिआइसिए) २०७५ का विद्यार्थीहरुलाई प्रमाण पत्र वितरण समारोहमा बोल्दै उहाँले उक्त कुरा बताउनुभएको हो ।


व्यवसायिक वा व्यक्तिगत हरेक क्षेत्रमा कम्प्युटरको आवश्यकता रहेको छ, प्रबक्ता घिमिरेले भन्नुभयो, कम्प्यूटर शिक्षा बिना जागिर र काम दुवै असंभव भएकाले समयमै कम्प्यूटर शिक्षा लिन आवश्यकता रहेको बताउनुभयो । उहाँले डाइनामिक कम्प्युटरका विद्यार्थीहरु अन्य इन्टिच्यूटको तुलनामा रोजगारीको क्षेत्रमा समेत कम्प्यूटरमा अव्वल रहेकाले सबैलाई बधाई तथा शुभकामना दिनुभयो ।


२०७५ साल पौषदेखि सुरु भएको एकवर्षे प्रोफेशनल डिप्लोमा इन कम्प्युटर एप्लिकेशन (पिडिआईसिए) कोर्षका विद्यार्थीलाई प्रमाण पत्र वितरण कार्यक्रममा डाइनामिक कम्प्यूटर एकाडेमीका प्रशिक्षक गिरीराज न्यौपानेले अन्य इन्टिच्युटको कोर्षभन्दा भिन्न र अन्तराष्ट्रिय स्तरको कोर्ष भएकाले यसमा सिकेका सीपलाई जीवन व्यवहारमा उत्र्तान सहभागिलाई आग्रह गर्नुभयो । उहाँले तालिममा सिकेका सीपलाई व्यवहारमा लागु गर्न सकेमा रोजगारीसँगै सीप विकासमा सहयोग पुग्ने बताउनुभयो ।


पाल्पामै पहिलो पटक अन्तराष्ट्रिय स्तरको आइएसओ मान्यता प्राप्त प्रमाण पत्रको साथमा प्रोफेशनल कम्प्युटर शिक्षा मार्फत सयौं विद्यार्थीलाई कम्प्यूटर साक्षरता अभियानमा राइटस्टेपसँगको सहकार्यमा डाइनामिकले कम्प्यूटर शिक्षा प्रदान गरेको संस्थाका म्यानेजिङ्ग डाइरेक्टर अमृत अधिकारीले जानकारी दिनुभयो । गरीब, निमुखा, दलित, जनजाति र न्यून आय भएका व्यक्तिहरुले समेत कम्प्यूटरमा अन्तराष्ट्रिय स्तरको शिक्षा प्रदान गर्न कार्यक्रमले सहयोग पुगेको बताउनुभयो ।
प्रशिक्षार्थीहरु हरी बस्याल र बेनुकला अधिकारीले आफूहरुले अन्य इन्चिच्यूटमा भन्दा फरक र उच्चतम शिक्षा हासिल गर्न पाएकोमा संस्थालाई आभार व्यक्त गर्नुभयो । उहाँले कम्प्यूटर शिक्षा लिन चाहने विद्यार्थीहरुले समेत एकवर्षे प्रोफेशनल डिप्लोमा लेवलको पिडिआईसिए कोर्ष अध्ययन गर्न आव्हान गर्नुभयो ।


एक वर्षसम्म संचालन भएको तालिममा ६ सय सहभागिबाट प्रवेश परीक्षामा छनौट भई एक सय ५० जना विद्यार्थीले कम्प्यूटर ज्ञान लिएका थिए । तालिममा सहभागितलाई प्रमुख अतिथि नगरप्रवक्ता घिमिरे, प्रशिक्षक र संस्थाका अध्यक्ष सुनिता अधिकारीले टिका र प्रमाण पत्र वितरण गर्नुभएको थियो ।


एक वर्षे कोर्षमा कम्प्यूटर बेसिक, कम्प्युटर अपरेटर, ग्राफिक्स डिजाइनिङ्ग, एकाउन्ट प्याकेज, प्रोग्रामिङ्ग र हार्डवयर गरी ५ वटा कोर्षमा अध्ययन हुने गर्दछ । विद्यार्थीले यस कोर्ष उत्र्तीण गरेपश्चात विश्वका १ सय ८० देशमा मान्यता प्राप्त प्रमाण पत्र र अन्तराष्ट्रिय स्तरको पाठ्क्रममा अध्ययन गर्न पाउने डाइनामिक एकाडेमीका संचालक सुनिता अधिकारीले बताउनुभयो । उहाँले कम्प्यूटर साक्षरता अभियानमा कोही पनि नछुट्न समेत सबै विद्यार्थीलाई आग्रह गर्नुभयो ।


कार्यक्रम डाइनामिक कम्प्यूटर एकाडेमीमा म्यानेजिङ्ग डाइरेक्टर अमृत अधिकारीको संचालन र संचालक सुनिता अधिकारीको अध्यक्षतामा भएको थियो । राइटस्टेप एजुकेशनल एकाडेमीले देशभर ५० बढी जिल्लामा ८५ बढी शाखाहरु मार्फत निशुल्क कम्प्यूटर साक्षरता अभियानका कक्षाहरु संचालन गर्दै आइरहेको छ ।
तस्वीर पनि छ ःःः

प्रकाशित मिति: शनिबार, माघ २५, २०७६  १६:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update