X
10
Shares

चिर्तुङ्धारामा आधारभूत पत्रकारिता तालिम

रानीमहल संवाददाता || २३ माघ २०७६,बिहीबार २०:५२

पाल्पा – बगनासकाली गाउँपालिका वडा नं. १ चिर्तुङ्धारामा तीन दिने आधारभूत पत्रकारिता तालिम सुरु भएको छ । नेपाल आदिवासी जनजाति महासंघ वडा समन्वय समिति चिर्तुङ्धाराको आयोजनमा तालिम भएको हो ।

तालिमको उद्घाटन गर्नुहुँदै बगनासकाली गाउँपालिकाका उपाध्यक्ष सरस्वती चिदीले आदिवासी जनजाति अन्य समुदायभन्दा पछि परेको उल्लेख गर्नुहुँदै कलमको माध्यम्बाट आदिवासी जनजातिको मुद्दा शसक्त बनाउनुपर्ने बताउनुभयो । उहाँले गाउँपाािलकाले पछि परेका समुदायको भाषा, कला र संस्कृति संरक्षण गर्नुका साथै उनीहरुको क्षमता विकासमा ध्यान दिएको बताउनुभयो ।

कार्यक्रममा वडा अध्यक्ष सोमबहादुर झेडीले पत्रकारिता तालिमले यस क्षेत्रमा लाग्न चाहने युवालाई उत्साह थप्ने बताउनुभयो । उहाँले पत्रकारिताको माध्यम्बाट समाजलाई बाटो देखाउने कार्यमा सरिक हुन सहभागी युवायुवतीलाई आग्रह गर्नुभयो । कार्यक्रममा बगनासकाली–१, चिर्तुङ्धाराका २० जना आदिवासी युवायुवतीको सहभागिता रहेको छ ।

तालिममा पत्रकार महासंघका पूर्व सचिव एवं नवसंवाद साप्ताहिकका सम्पादक रेखीराम राना र श्रीनगर एफएमका स्टेसन म्यानेजर देवबहादुर पचभैंयाले सहजीकरण गर्नुभएको छ । कार्यक्रम आदिवासी जनजाति महासंघ वडा समन्वय समितिका अध्यक्ष जोगबहादुर थापाको अध्यक्षता, सचिव ताराबहादुर सिंजालीको संचालन र सदस्य गोपालबहादुर थापाको स्वागतमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys