Erani Mahal
रानीमहलकर्मी ठाडा महासंघको सदस्यमा छनौट
t-a

पाल्पा– क्लिक मिडिया नेटवर्क प्रालिद्वारा पाल्पाबाट विगत ६ वर्षदेखि संचालित अनलाइन इरानीमहल डटकमका निस्दी सम्वाददाता धनबहादुर ठाडा पत्रकार महासंघ पाल्पाको सदस्यका रुपमा छनौट हुनुभएको छ ।


निस्दी ४ मित्याल निवासी ठाडा रानीमहल अनलाइनको स्थापनादेखि नै निस्दी सम्बाददाताको रुपमा रहनुभएको छ । दुर्गम ग्रामीण भेगमा बसेर समेत आफ्नो पत्रकारितालाई निरन्तरता दिनुभएका ठाडालाई पत्रकार महासंघ पाल्पाको नयाँ सदस्यका रुपमा छनौट गरेको हो ।

यस्तै रानीमहल डटकमका शुभेच्छुकहरु नेत्रगैरे, कमल अधिकारी, सुमन कार्की, विष्णु खनाल, रामचन्द्र रायमाझी, मानबहादुर हिस्की, सुनिल कार्की पनि सदस्यको रुपमा छनौट हुनुभएको महासंघले जनाएको छ ।


नयाँ सदस्यका रुपमा छनौट हुनुभएका सबैलाई क्लिक मिडिया प्रालि बधाई ज्ञापन गर्दछ ।

प्रकाशित मिति: बिहीबार, माघ २३, २०७६  २०:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update