Erani Mahal
रिव्दीकोट कुशुमखोलामा फरक क्षमता भएका बालबालिकालाई न्यानो कपडा वितरण
r-5

पाल्पा–जिल्लाको रिव्दिकोट गाउँपालिका वडा नं. ५ कुशुमखोलामा रहेका फरक क्षमता (अपाङ्ता) भएका व्यक्तिहरुलाई जाडोको न्यानो लुगा वितरण गरिएको छ ।


गाउँपालिकाका प्रमुख नारायण बहादुर जिसीको अध्यक्षता र स्थानीय समाजसेवी अगुवा माधव अाचार्यकाे प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा भवानी माध्यमिक विद्यालय कुशुमखोलामा अध्ययनरत विद्यार्थीहरुलाई व्लाङ्केट, ज्याकेट ट्र्याकसुट, डसना लगायतका सामग्रीहरु सहयोग गरिएको हो ।


मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अन्तर्गत गाउँका फरक क्षमता भएका बालबालिकालाई चिसोबाट बच्नको लागि न्यानो लुगा सहयोग गरिएको गाउँपालिकाका अध्यक्ष नारायण बहादुर जिसीले बताउनुभयो ।


विद्यालयमा फरक क्षमता भएका विद्यालयहरुलाई विद्यालयमा विशेष कक्षा संचालन गरिएकोमा जाडोबाट बच्नका लागि न्यानो कपडाहरु वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत ऋषि अर्जेलले रानीमहललाई बताउनुभयो ।

उहाँले अनाथ तथा सामाजिक रुपमा हेय भावले हेर्ने फरम क्षमता भएका बालबालिकाको शैक्षिक तथा सामाजिक विकासमा गाउँपालिकाले सहयोग गर्र्दै आइरहेको बताउनुभयो ।


कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी खनाल, शिक्षा शाखा प्रमुख मणि खनाल, वडा अध्यक्ष, स्थानीय जनप्रतिनिधि, विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: बिहीबार, माघ २३, २०७६  २०:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update