Erani Mahal
तिनाउँका प्रमुख प्रशासकीय अधिकृतको विदाई तथा स्वागत
t

पाल्पा– जिल्लाको तिनाउँगाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको विदाई तथा नयाँको स्वागत कार्यक्रम विहिवार भएको छ ।


गाउँपालिकाका प्रमुख ओमबहादुर घर्तीले नयाँलाई फुलमालाले स्वागत र पुरानालाई खादा र करुवाले सम्मान सहित विदाई गर्नुभएको हो । तिनाउँ गाउँपालिकामा २ वर्षदेखि कुशल प्रशासकीय अधिकृतका रुपमा काम गर्नुभएका ज्ञानुप्रसाद पनेरु सरुवा भएर पूर्वी नवलपरासीको हुब्सीकोट गाउँपालिकामा जानु भएको छ । यस्तै नयाँ प्रशासकीय अधिकृतको रुपमा कृष्ण नगरनगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर भण्डारी सरुवा भएर आउनु भएको छ ।


गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष दमयन्ती थापा, वडा अध्यक्ष राजेश श्रेष्ठ, प्रेम पाण्डे, दानबहादुर गाहा, दलबहादुर दर्लामी, टोमबहादुर पुन, शिक्षा अधिकृत लक्ष्मी कुँवर, अन्य शाखा प्रमुख तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
तिनाउँ गाउँपालिकाको विकासमा जिल्लाका अन्य गाउँपालिकाको भन्दा महत्वपूर्ण कुशल व्यवस्थापनमा पनेरुको योगदान रहेको छ ।

पनेरुले गाउँपालिकामा रहेर गरेको योगदान पालिकाले कहिल्यै नभुल्ने प्रमुख ओमबहादुर घर्तीले बताउनुभयो । संक्रमणकालिन अवस्थामा समेत कुशल कर्मचारीको रुपमा पनेरुले काम गरेको उहाँले बताउनुभयो । उहाँले नयाँ प्रशासीकृत अधिकृतले समेत गाउँको विकासमा उल्लेख्य योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रकाशित मिति: बिहीबार, माघ २३, २०७६  १९:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update