Erani Mahal
शिक्षक दरबन्दी मिलान सुरू (पाल्पाकाे तथ्यांक सहित)
Untitled-1

पाल्पा - शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक दरबन्दी मिलानका गर्न ७७ वटै शिक्षा विकास तथा समन्वय इकाइलाई दबरन्दी सहित पत्राचार गरेको छ । शिक्षक दरबन्दी मिलान तथा व्यवस्थापन कार्याविधि, २०७६ अनुसार सबै इकाइलाई दरबन्दी मिलान गर्न केन्द्रले पत्राचार गरेको हो ।

केन्द्रको शिक्षक व्यवस्थापन समन्वय शाखाका अनुसार साबिकका प्राथमिक, निमावि, मावि र उच्च माविलाई आधार मानेर दरबन्दी मिलान गर्न लागिएको हो । केन्द्रले देशैभरका १२ हजार ८२७ शिक्षकको दरबन्दी पुनर्वितरण गर्ने भएको हो ।

केन्द्रले प्रदेशभित्रकै एकपालिकाबाट अर्को पालिकामा दरबन्दी मिलान गर्दा सम्बन्धित स्थानीय तहले सोही जिल्लाको शिक्षा इकाइको समन्वयमा कार्य सम्पादन गर्न प्रत्राचार गरेको हो ।

तथ्यांक स्राेत : शिक्षा तथा मानव स्रोत विकास केन्द्र ।
प्रकाशित मिति: बुधबार, माघ २२, २०७६  २०:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update