Erani Mahal
माेटरसाइकल चाेरी गर्ने युवक पक्राउ
unnamed

पाल्पा –मोटरसाईकल चोरी गरी भाग्ने एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । रामपुर–५ बेझाँडस्थित सौरभ इन्रप्राईजेजबाट नयाँ मोटरसाईकल चोरेर भागेका युवकलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले स्याङ्जा, जिल्ला चापकोट नगरपालिका–८, दामाचउरका २४ वर्षिय बालकृष्ण पाठकलाई पक्राउ गरेको हो । नयाँ मोटरसाइकल लिएर हिडेका युवकलाई पाल्पा निस्दी–५, गल्धा पिपलभञ्ज्याङ्गबाट प्रक्राउ गरेको जनाएको छ ।


मोटरसाईकल चलाएर टेष्ट गर्न भन्दै हिडेका युवक मोटरसाइकल सहित बेपत्ता भएका थिए । पाठकलाई पक्राउ गरेर तानसेनमा ल्याइएको इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख सोमबहादुर सारुले जानकारी दिनुभयो । प्रहरीले उनलाई मोटरसाइकल सहित पक्राउ गरेको थियो ।

प्रकाशित मिति: मंगलबार, माघ २१, २०७६  २१:११
प्रतिक्रिया दिनुहोस्
Weather Update