Erani Mahal
तिनाउँको बेरुवा र चौकी भञ्ज्याङ्गका किसानहरुलाई कृषि तालिम सुरु
b

पाल्पा– तिनाउँको वडा नं. ३ मा रहेको बेरुवा र चौकी भञ्ज्याङ्गका किसानहरुलाई कृषि तालिम दिन सुरु भएको छ ।


२० जना किसानहरुलाई व्यवसायिक खेती, मलखाद व्यवस्थापन, रोगकिरा नियन्त्रण लगायतको (सामुदायिक कृषि सहायक) विषयमा नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय व्यवसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजनाको आर्थिक तथा प्राविधि सहयोगमा तालिम दिइएको हो ।


देउराली जनता प्राविधिक शिक्षालयले तालिममा सहजिकरण गरेको छ । तालिम उद्घाटन कार्यक्रममा गाउँपालिकाका प्रमुख ओमबहादुर घर्तीले व्यवसायीक खेतीबाट आय आर्जन विकाससँगै समृद्धिका लागि टेवा पुग्ने बताउनुभयो । उहाँले किसानको प्रोत्साहनको लागि गाउँपालिकाले विभिन्न क्षेत्रमा उत्पादनमा आधारित अनुदान समेत दिने र प्राविधिक सहयोग समेत गर्ने गरेको बताउनुभयो ।


कार्यक्रममा शिक्षालयका निर्देशक मनोज थापा, प्रशिक्षक तुलसी अधिकारी, तिनाउँ गाउँपालिकाका सदस्य पम्फा थापा लगायतले तालिम सफलताको लागि शुभकामना दिनुभयो । वडा अध्यक्ष प्रेम पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा संचालन तालिम संयोजक महेश न्यौपानेले गर्नुभएको थियो ।

प्रकाशित मिति: मंगलबार, माघ २१, २०७६  ०९:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update