Erani Mahal
आमा र बच्चाहरूलाई व्यक्तिगत सरसफाई बारे जानकारी
84939735_175942523659592_5539068589773946880_n

पाल्पा - निस्दी गाउँपालिका वडा नम्बर-६, अर्चले पाल्पाका विद्यालयहरुमा आमा र बच्चाहरुलाई व्यक्तिगत सरसफाइ सम्बन्धी आधारभूत जानकारी दिएको छ । युनाइटेड मिसन अस्पताल समुदाय स्वास्थ्य विभाग पाल्पाले अर्चलेका प्रत्येक विद्यालय सम्म पुगेर यस्तो शिक्षा दिइएको विभागका सामुदायिक कार्यकर्ता कल्पना ढकालले बताउनुभएको छ ।

कक्षा १,२ र ३ मा अध्ययनरत विद्यार्थीहरु र तिनका अभिभावकहरुलाई सरसफाइ किन र महत्त्व बारे जानकारी दिएको हो । कार्यक्रममा गोरखनाथ माध्यमिक विद्यालय अर्चलेमा अध्ययनरत ५४ जना,सिन्दुर आधारभूत विद्यालय सिसिङ्गाका ४१ जना विद्यार्थीहरुलाई व्यक्तिगत सरसफाइका सामाग्री वितरण गरिएको छ ।

त्यसैगरी अकला आधारभूत विद्यालय राइडाँडाका ३६ जना र कमला प्राथमिक विद्यालय रनगुवाका २५ जना गरि जम्मा १५६ जना विद्यार्थीहरुलाई कोल्गेट,बुरुस,सावुन र नङ काट्ने सामान वितरण समेत गरिएको थियो ।

प्रकाशित मिति: मंगलबार, माघ २१, २०७६  ०८:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update