Erani Mahal
तानसेनका युवालाई बिपद् प्रतिकार्य तालिम
55

पाल्पा - तानसेनका युवाले सिके विपद प्रतिकार्य सीप तानसेन युवा परिषदका सदस्यहरुले समाजमा आईपर्ने बिपदको व्यवस्थापन गर्नको लागि ज्ञान हासिल गरेका छन् । तानसेन नगरपालिकाको आयोजनामा चार दिन सम्म चलेको विपद व्यवस्थापन तालिममा युवा परिषदका सदस्यहरुलाई गोरखनाथ गण तानसेन र नेपाली सेना विपद व्यवस्थापन गण चितवनका प्रशिक्षकहरुले तालिम प्रदान गरेका हुन् ।

विपदका बेला बाहिरी रेस्कु टिम नपुग्दा सम्मको लागि स्थानीयस्तरमा स्थानीय सामाग्रीको प्रयोग गरेर गर्न सकिने विपत प्रतिकार्यको बारेमा शैद्धान्तिक र प्रयोगात्मक अभ्यास गराईएको थियो । सोमबार तालिम समापनको अवसरमा आयोजित कार्यक्रममा तानसेन नगरपालिकाका मेयर अशोक कुमार शाहिले तालिममा सिकेका कुरालाई समुदायमा अरुलाई पनि सिकाउन र व्यवहारमा उर्तान आग्रह गनुभयो ।

मेयर शाहीले समाजसेवीपन हट्दै गएको बेला युवा परिषदका साथीहरुले समाजमा आउने बिपदलाई व्यवस्थापन गर्छौ भनि तालिममा सहभागी भएकोमा खुशी व्यक्त गर्नुभयो । कार्यक्रममा तानसेन नगरपालिकाका उपमेयर लक्ष्मी पाठक, गोरखदल गणका सेनानी रबिन राई, तानसेन युवा परिषदका अध्यक्ष गुरास आत्रेयले युवाहरुको क्रियाशिलताले समाज व्यवस्थापन हुने भएकाले जस्तोसुकै विपदमा युवाहरुले अबिचलित भएर सेवा गर्न आग्रह गर्नुभयो । कार्यक्रममा सहभागी भरत भट्टराई र रेनुका बस्यालले तालिम फलदायी भएको बताउनुभयो ।

चार दिने तालिममा दुर्घटनामा परेका व्यक्तिको प्राथमिक उपचार, भुकम्प, आगलागी, वाढी, पहिरो जस्ता विपदमा गरिने प्रतिकार्यहरुको जानकारी दिएको थियो । कार्यक्रम तानसेन नगर कार्यपालिका सदस्य भिम कुमालको अध्यक्षता र सरसफाई अधिकृत शंकर भण्डारीको सञ्चालनमा चलेको थियो ।

प्रकाशित मिति: सोमबार, माघ २०, २०७६  २१:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update