Erani Mahal
रिङ्नेरहमा जेष्ठ नागरिककाे घरमै पुगेर स्वास्थ्य परीक्षण
83444381_2863460633674355_6443557409179828224_n

पाल्पा - पूर्वखाेलाकाे रिङ्नेरहमा पनि ८४ वर्षमाथि उमेरका जेष्ठ नागरिककाे स्वास्थ्य परीक्षण गरिएकाे छ । जेष्ठ नागरिकलाइ स्वास्थ्यकर्मी मार्फत स्वास्थ परिक्षण अभियान अन्तरगत रिङ्नेरह स्वास्थ्य चौकीका स्वास्थ्य कर्मचारीहरुले जेष्ठ नागरिककाे घर घरमा पुगेर स्वास्थ्य परिक्षण गर्नु भएको हाे ।

८४ वर्ष उमेर पुगेका १९ जना जेष्ठ नागरिककाे घरमै पुगेर उनीहरूकाे स्वास्थ्य परीक्षण गरिएकाे हाे । जेष्ठ नागरिककाे स्वास्थ्य परीक्षणका क्रममा उनीहरूकाे स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएर आवश्यक परामर्श र खानपान र स्यार सुसारको बारेमा जानकारी दिइएकाे थियाे । साथै उनीहरूकाे बिपी (रक्तचाप), ग्याष्ट्रिक, खानपानका बारेमा समेत जाँच गरिएकाे रिङ्नेरह स्वास्थ्य चाैकीका प्रमुख श्रीराज आचार्यले जानकारी दिनुभयाे ।

उहाँले अहिले प्रदेश सरकारको समन्यनमा काम गरिरहेकाे र अभियान गाउँपालिकाभरि चल्ने बताउनुभयाे । उहाँका अनुसार फागुन २२ गतेभित्र सबै जेष्ठ नागरिककाे घरमा पुग्ने लक्ष्य रहेकाे छ ।

जेष्ठ नागरिकले भने घरमै स्वास्थ्य जाँच गर्न स्वास्थ्यकर्मीहरु आउदा खुसी लागेकाे बताएका छन् । स्थानीय ९० वर्षयकी जेष्ठ नागरिक डिल्ली सरा आलेले हिडेर स्वास्थ्य चाैकीसम्म जाने अवस्था नभएकालाइ घरमै सेवा पाउँदा खुसी लागेकाे बताउनुभयाे । स्वास्थ्य जाँच पछि आवश्यकता अनुसार निशुल्क औषधि समेत वितरण गरिएकाे छ । जेष्ठ नागरिककाे स्वास्थ्य अवस्था हरेर गाउँपालिकामा उपलब्ध औषधि समेत दिएका छाैँ स्वास्थ्य शाखा प्रमुख माेहन ढकालले भन्नुभयाे ।

प्रकाशित मिति: आइतबार, माघ १९, २०७६  २१:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update