Erani Mahal
पूर्वखाेलामा दादुरा/रूबेला खाेपबारे अभिमुखीकरण
83778550_472636076739128_8927315766433284096_n

पाल्पा – राष्ट्रिय खोप कार्यक्रम अन्तरगत दादुरा / रुबेला २०७६/०७७ को कार्यक्रमको १ दिने प्रशिक्षण कार्यक्रम पूर्वखोला गाउँपालिकाका सम्पन्न भएको छ । खोप कार्यक्रमका संयोजक तथा गाउँपालिका अध्यक्ष नुन बहादुर थापाले अभियानमा सघाउन सबैलाइ आग्रह गर्नुभयाे ।

यो रोगले बच्चाको मृत्यु समेत हुने हुँदा खाेप अभियान यही फाल्गुन १ देखि ५ गते सम्म चल्नेछ । कार्यक्रममा ६ वटैं वडाका स्वास्थ्यकर्मी, ३८ विध्यालयका प्रध्यानाध्यापक, जनप्रतिनिधि, पत्रकारहरुको सहभागिता रहेकाे थियाे ।

कार्यक्रममा दादुरा रुबेलाको बारेमा लक्षण तथा बच्ने उपाएको बारेमा स्वास्थ्य शाखा प्रमुख मोहन ढकाले प्रशिक्षण गर्नु दिनुभएकाे थियाे । दादुरा रुबेला दुबै रोगहरु भाइरसबाट हुने यो रोग छिटो सर्ने र माहामारिको रुपमा फैलिने सक्ने ढकालले बताउनुभयाे ।

रोग प्रय : ५ बर्ष मुनिको बालबालिकालाइ लाग्ने गर्दछ । यो रोगको संक्रमणले बालबालिकाको मृत्यु सहेत हुने गर्दछ । यसका लक्षणहरुमा उच्च ज्वरो अाउने, नाकबाट पानी बग्ने, खोकी लाग्ने, आँखा रातो हुने गर्दछ ।

यसकाे उपचार भनेकै तोकिएको उमेरमा दादुरा रुबेला बृद्धको खोप दिनु रहेकाे पूर्वखोला गाउँपालिका स्वास्थ्य संयोजक ढकालले बताउनुभयो । अहिले अरु बेला ९ महिना र १५ महिनामा लगाउने गरेता पनि अभियानको बेला ९ महिना देखि माथिका ५ वर्ष मूनिका बालबालिकालाइ खोप लगाइनेछ ।

प्रकाशित मिति: आइतबार, माघ १९, २०७६  २०:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update