Erani Mahal
पाल्पामा खानेपानी तथा सरसफाई उपभोक्ता महासंघको भेला
kh

पाल्पा– पाल्पामा खानेपानी तथा सरसफाई उपभोक्ता महासंघको भेला भएको छ । जिल्लाका सबै पालिकाहरुबाट प्रतिनिधित्व भएको खानेपानस् उपभोक्ता तथा सरसफाई समितिका प्रतिनिधिहरुबाट तानसेनका मोहन गैरेको अध्यक्षतामा नयाँ समिति गठन गरेको छ ।

तस्वीर दामाेदर घिमिरेबाट


समितिले प्रत्येक पालिका स्तरमा कमिटि गठन गर्ने र तीन महिनाभित्र अधिवेशन गर्ने गरी गैरेलाई संयोजक बनाएको हो ।


भेलामा खानेपानी उपभोक्ता तथा सरसफाई उपभोक्ता महासंघका केन्द्रीय अध्यक्ष राजेन्द्र अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न गरेको थियो । भेलामा केन्द्रीय सदस्य थान प्रसाद गैरे, रामबहादुर राउत लगायतले खानेपानी उपभोक्ता तथा सरसफाईको बारेमा धारणा राख्नुभएको थियो । भेला दामोदर घिमिरेको अध्यक्षतामा भएको थियो ।


समितिले खानेपानी तथा सरसफाई उपभोक्ताहरुको हकहित, समस्या लगायतका विषयमा कार्यगर्ने सदस्य दामोदर घिमिरेले रानीमहललाई बताउनुभयो ।

प्रकाशित मिति: आइतबार, माघ १९, २०७६  २०:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update