Erani Mahal
रिब्दीकोटलाई प्लाष्टिक मुक्त पालिका बनाइने, उत्पादित फोहोर गाउँपालिकाले नै किन्ने !
r-4

पाल्पा– रिव्दिकोट गाउँपालिकाको छैठौं गाउँसभाले आर्थिक विकासलाई प्रमुख प्राथमिकतामा राखेको छ । सभाले रिब्दीकोटलाई प्लाष्टिक मुक्त पालिका बनाइने, उत्पादित फोहोर गाउँपालिकाले नै किन्ने निर्णय समेत गरेको छ ।


गाउँसभाले गरेको निर्णय अनुसार आर्थिक विकासलाई प्रमुख रुपमा जोड दिइएको गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जिसीले बताउनुभयो ।

सभाले स्थानिय समुदायको सङ्लग्नतामा स्वरोजगारका अवसर सृजना गर्ने, पर्यटनको माध्यमबाट ग्रामीण पर्यापर्यटनको बिकास, प्रवर्द्धन, व्यवस्थापन र नियमन गर्ने उद्देश्यले होम स्टे सन्चाल्नका लागि होम स्टे सन्चालन कार्यविधि, २०७६ पारित गरेको छ प्रमुख जिसीले भन्नुभयाे ।


यस्तै सुन्तला र कागतीको उत्पादन एबम बिक्री बितरणमा उत्पादनका आधारमा नगद अनुदान बितरण कार्य्बिधी पारित, प्लास्टिकमुक्त गाउँपालिका अभियान सन्चालन गर्ने, टोलटोल, हरेक बिद्यालयहरुमा स्थानीय उत्पादनका ढाकहरु बितरण गर्ने, प्लास्टिक जन्य फोहोर वडावडामा सङ्कलन गरी गाउँपालिकाले नै खरिद गरिदिने, र पाक्षिक रुपमा सरसफाइ अभियान सन्चालन गर्ने निर्णय गरेको छ ।


गाउँपाालिकाका विभिन्न ब्यवसायिक फर्महरुलाइ प्रोत्साहन गर्न निश्चित मापदण्ड बनाइ अनुदान प्रदान गर्ने, पूर्वघोषणा बमोजिम बिकास योजनाहरु समयमै सम्पन्न गर्न तदारुकताका साथ लाग्ने लगायतका महत्वपूर्ण निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत ऋषि अर्जेलले रानीमलहलाई बताउनुभयो ।

प्रकाशित मिति: आइतबार, माघ १९, २०७६  १९:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update