Erani Mahal
पाल्पाको सोमादीमा टिप्पर दुर्घटना : चारजना घाइते
Untitled-1-copy

पाल्पा– जिल्लाको रैनादेवी गाउँपालिका २ सोमादीमा टिप्पर दुर्घटना हुँदा बालक सहित चारजना घाइते भएका छन् ।

तस्वीर सामाजिक सन्जाल


बुटवलबाट छहरा हुँदै सोमादीतर्फ इट्टा बोकेर गएको लु २ ख १८२० को टिप्पर दुर्घटनामा परेर चारजना घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।


दुर्घटनामा परी रैनादेवी छहरा–४ का टिप्पर चालक यमबहादुर पुन, रैनादेवी छहरा १ सिद्देश्वरका शुस्मा कुमाल र तुल्सा कुमाल तथा उनीहरुको अन्दाजी ५ वर्षका बच्चा घाइते भएका छन् ।


चिप्लो र पुरुवामाटो भएकाले भासिएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, माघ १९, २०७६  १९:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update