Erani Mahal
बेथलका विद्यार्थीले गरे खाना महाेत्सवकाे आयोजना
IMG_9645

पाल्पा – बेथल इङ्लिस बोर्डिङ् सेकेण्डरी स्कुलले विद्यार्थीहरुलाई पढाईसंगै विभिन्न विषयमा प्रयोगात्मक तथा व्यवहारिक ज्ञान दिने उद्देश्ले विभिन्न रचनात्मक कार्यहरु गर्दै आईरहेको छ । यसै क्रममाकक्षा ६,७ र ८ माअध्ययनरत विद्यार्थीहरुले विद्यालयमा खाना महोत्सव आयोजना गरेका छन् ।

विद्यालयले नेपाल सरकार र ब्रिटिस काउन्सिलद्वारा संचालित आइएसए स्कुल अवार्डको विभिन्न परियोजना कार्यहरु गर्दै आएकोमा यो पनि एक परियोजना कार्य अन्तर्गत आयोजना गरिएको हो ।
यो परियोजना कार्य गर्नु पूर्व विद्यार्थीहरुलाई नेपाल तथा भारतका विभिन्न खानाका परिकारहरुको बारेमा अभिमुखिकरण तथा पकाउने तरिका सिकाएर त्यसमा प्रयोग हुने सम्पूर्ण सामग्री साथै त्यसको उचित मिश्रण सम्बन्धि ज्ञान दिएर खाना महोत्सवको लागि तयार गरिएको थियो । स्थानीय स्तरमा पाइने खानाका परिकारहरु जस्तै बटुक, चुकौनी, सेलरोटी, पकौडा, मासुका छोइला, म.म.पानी पुरी आदिलाई विषेश प्राथमिकता दिइएको थियो ।

विद्यार्थीहरुको कक्षा ६, ७ र ८ को पेसा व्यवसाय तथा प्रविधि शिक्षा विषयको पाठ्यक्रममा आधारित रही यो कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा विद्यार्थीहरुले पाठ्यपुस्तकमा सिकेको ज्ञानलाई प्रयोगात्मक रुपमा व्यवहारत लागु गरेका थिए ।

सो अवसरमा आयोजित औपचारिक कार्यक्रमको प्रमुख आतिथि निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) पाल्पाका उपाध्यक्ष महेशमान बज्राचार्यले बेथल स्कुलले निरन्तर रुपमा अयोजना गर्ने विविध अतिरिक्त क्रियाकलापहरु मध्ये विद्यार्थीहरुलाई पाठ्यक्रममा आधारित परियोजना कार्यको आयोजना गरी सिप प्रदर्शन गर्ने अवसर प्रदान गरी ब्यवहारिक शिक्षाको प्रवद्र्घन गर्नु सह्रानीय रहेको कुरा बताउनु भएको थियो ।

सो आवसरमाअभिभावकको तर्फ बाट मन्तब्य दिदै दिपा रानी रेग्मीले घरमा चिया पनि पकाउन गाह्रो मान्ने नानी बाबुहरुले सेतो टोपी र सेतो एप्रोन लगाएर विभिन्न परिकारहरु बनाएको देख्दा धेरै नै खुसी लागेको कुरा राख्नु भएको थियो । अतिथिहरु ता.न.पा वार्ड नं. २ का वडा सदस्य महेश मान श्रेष्ठ विद्यालय व्यवस्थापन समिति अध्यक्ष माधवप्रसाद नेपाल, विद्यालयका प्रिन्सिपल खेमबहादर सारु लगायतले महत्सव सफलताको शुभकामना मन्तब्य राख्नु भएको थियो ।

कार्यक्रम संयोजक तथा पेसा व्यवसाय तथा प्रविधि शिक्षाविषय शिक्षक शोभा गुरुङ्गले कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै विद्यार्थीहरुलाई सैद्धान्तिक ज्ञान भन्दा प्रयोगात्मक ज्ञान दिगो रहने हुनाले प्रयोगात्मक कार्यलाई शिक्षण सिकाई क्रियाकलापसंगै जोडेर अगाडि बढाइएको कुरा जानकारी दिनुभयो । कार्यक्रमको संचालन कक्षा आठ कि छात्रा विदुषी रेग्मीको सञ्चालन, विद्यार्थी सुधा भुषालको स्वागत तथा कक्षा आठकै छात्र विशाल गैरको सभापतित्वमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति: आइतबार, माघ १९, २०७६  १४:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update