Erani Mahal
पूर्वखोलाको जल्पामा गर्भवती महिलालाई च्याउ प्रदान
3

पाल्पा– पूर्वखोला गाउँपालिकाको वडा नं. २ जल्पाले सुनौला हजार दिनका गर्भवती तथा सुत्केरीआमाहरुलाई च्याउको प्याकेट वितरण गरेको छ ।


गाउँका गर्भवती तथा सुत्केरी (सुनौला हजारदिनका आमा) लाई पाँच पाँच वटा प्याकेटका दरले च्याउको बीउ बितरण गरेको वडा अध्यक्ष निरबहादुर सारुले बताउनुभयो ।
वडाका १ सय ५ जना आमाहरुलाई च्याउको पोका वितरण गरिएको हो । हजार दिनका बच्चाहरुको दिमाग ८० प्रतिशत बृद्धि विकास भईसक्ने भएकोले यस समयमा पौष्टीक तत्वहरु बढी आवश्यक पर्ने भएकोले वितरण गरेको वडा अध्यक्ष निर बहादुर सारुलेरानीमहललाई बताउनु भयो ।


च्याउमा प्रोटिन, क्याल्सियम, आइरन, फाईवर आदि महत्वपुर्ण पोषक तत्व पाइने हुँदा गर्भावस्थामा बच्चाको हड्डी विकास तथा मजबुत बनाउँछ । बच्चाको बृद्धि विकास गर्नुका साथै गर्भावस्था साथै सुत्केरी अवस्थामा रगतको मात्रा कमी हुनबाट बचाउने जल्पा स्वास्थ्य चौकीका प्रमुख पदम बहादुर दर्लामीले बताउनु भयो ।


च्याउ वितरण गरिएका हजार दिनका आमाहरुलाई कृषि प्राबिधिक धन बहादुर वलीले च्याउ उमार्ने बिधिको बारेमा तालिम समेत दिनु भएको थियो ।

प्रकाशित मिति: बिहीबार, माघ १६, २०७६  १९:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update