Erani Mahal
नेशनल लाईफ पाल्पाद्वारा मृत्यु दावी रकम भुक्तानी
IMG_0165

पाल्पा– नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले एकै दिन पाल्पामा तीनवटा मृत्यु दावी रकम भक्तानी गरेको छ ।


पाल्पाको रामपुर र निस्दीमा घटेको घटनाको मृत्यु दावी भुक्तानी गरिएको कम्पनी मुख्य व्यवसाय प्रवन्धक संगिता भट्टराईले बताउनु भयो ।


रामपुर नगरपालिका वडा नं. ६, निवासी स्व. पिताम्वर ढकालको असामयिक निधन भएपछी उहाँकी श्रीमती जानकी देवी ढकाललाई दुई लाख सडसठ्ठी हजार चार सय पचास रुपैँयाको चेक हस्तान्तरण गरिएको छ ।


स्व. पिताम्वर ढकालले वार्षिक किस्ता वापत दश हजार वाइस रुपैँया तिरी बीमाङ्क रकम १ लाख ५० हजारको बीमा गर्नु भएको थियो । यस्तै झिरुवास निवासी चम्पी बयम्बु तथा टेक बहादुर बयम्बुको छोराको वैदेशिक रोजगारका क्रममा मृत्यु भएको थियो ।


निज मृतक छोराको आमा चम्पी बयम्बुलाई चौध लाख रुपैँयाको चेक हस्तान्तरण गरिएको थियो । त्यस्तै पाल्पा झिरुवास कै श्रीमती झनीसरा रानालाई एक लाख त्रिचालीस हजार एक सय रुपैँयाको चेक हस्तान्तरण गरिएको हो । वार्षिक आठ हजार चार सय सन्ताउन्न रुपैँया किस्ता बुझाउने गरी गरिएको उक्त बीमा उहाँका श्रीमान भुवन सिं रानाको नाममा थियो ।


रामपुरका नगरप्रमुख रमण बहादुर थापा, उपप्रमुख विष्णु देवी घिमिरे आर्चाय, वडा नं. ६ का वडा अध्यक्ष हुमनाथ न्यैपाने तथा रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रसाद ढकाललगायतले चेक हस्तान्तरण गर्नुभएको थियो ।


कार्यक्रममा नेशनल लाईफ इन्स्योरेन्सको तर्फवाट मुख्य व्यवसाय प्रवन्धक संगिता भट्टराई र कम्पनीकै सहायक विकास अधिकृत सविन शिवाकोटीले कम्पनीको कार्यकुशलता तथा जीवन बीमाको महत्वलाई प्रष्ट्याउनु भएको थियो ।

प्रकाशित मिति: बिहीबार, माघ १६, २०७६  १८:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update