Erani Mahal
फ्ल्यास स्टोनले टल्किदै तानसेनको दरबार मार्ग !
dhunga-2

पाल्पा– तानसेनको दरबार मार्ग सडक (मखनाटोलमा फ्लास स्टोटले सडक टल्किदै गएको छ । यहाँको सडकमा रहेको पिच र इटाको बाटोलाई भत्काएर ढुंगा छाप्ने (फ्ल्यास स्टोन) विछ्याउने काम तीव्र गतिमा चलेको छ जसले गर्दा सडक क्षेत्र आर्कषक बन्दै गएको छ ।


तानसेनका सडकमा पर्यटकलाई आर्क्षित गर्न भगवती मन्दिरदेखि एनआइसी बैंकसम्म पहिलो चरणमा मार्वल छाप्ने काम दु्रतरुपमा गरिएको तानसेन नगरका प्रमुख अशोककुमार शाहीले बताउनुभयो ।


उहाँले ढुंगा सोलिंग सहित प्लाष्टरगरी त्यसमाथी मार्वल विछ्याउने र सडकलाई आर्कषक बनाउने र पर्यटकमैत्री दरबारमार्ग बनाउउने योजना नगरपालिकाको रहेको बताउनुभयो ।
पहिलो चरणमा सित्तलपाटी र भगवती मन्दिरको गेटमा र दरबारमार्ग (सडक) मा छापिएको छ, प्रमुख शाहीले भन्नुभयो, त्यसपछि एक महिनाभित्र काम सक्ने गरी सित्तलपाटी देखि हुलाकचोक मखनटोलसडक क्षेत्रमा मार्वल छाप्ने काम तीव्र रुपमा अगाडि बढेको छ ।

तानसेनमा ढुंगा छाप्दा पुरानो सडक भत्काउनु पर्ने र कतिपय साँघुरो स्थानमा घरहरु हल्लिने भन्दै स्थानीय घरधनीहरुले विरोध समेत गर्दै आएका छन् । उनीहरुले सडक चौडा पार्ने नगरको योजनामा समेत अवरोध गर्दै आएका छन् ।


तानसेन नगरपालिकाले राम्रो सडकमा बजेट सक्न र सस्तो लोकप्रियताको लागि काम गरेको भन्दै स्थानीय व्यवसायीहरु समेत रुष्ट बनेका छन्, तर नगरले दीर्घकालिन योजनाको काम भएकाले यस्ता विरोधको कुनै अर्थ नहुने बताउने गरेको छ ।


मखनटोलका टहरा भत्काउने प्रयास
तानसेन नगरसरकाकारले नगरको सडक चौडा पार्ने र मुख्य क्षेत्र मखनटोललाई व्यवस्थित गर्ने योजना बनाएको प्रमुख शाहीले बताउनुभयो । उहाँले स्थानीय र व्यवसायीसँग छलफल गरेर मखनटोल दरबार क्षेत्रमा रहेको सर्वाजनिक र केही व्यक्तिका नामका सटरलाई भत्काएर व्यवस्थित बनाउने लक्ष्य रहेको छ, त्यसका लागि सबैको सहयोग आवश्यक रहेको बताए ।

तानसेनमा बढ्दो शहरीकरण र अव्यवस्थित बसोवासका कारण कतिपय स्थानमा दुर्घटना समेत बढ्दै गइरहेको छ ।
ढुंगा छाप्ने कामका लागि सिएम शिवालय जेभि बानेश्वरलाई १ करोड ८३ लाख ११ हजार ४ सय ५५ मा ठेक्का दिइएको छ । उक्त क्षेत्रमा ढुंगा सोलिंग ५८९ घन मिटर, पिसिसि ९२ घनमिटर, ढुंगा छाप्ने काम ३८८० वर्ग मिटर गर्ने गरी ठेक्का दिइएको हो ।

प्रकाशित मिति: बिहीबार, माघ १६, २०७६  १३:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update