Erani Mahal
बगनासकालीकाे एनसेल टावरमा अज्ञात समूहद्वारा आगजनी
1578830558Ncell_Tower

पाल्पा - बगनासकाली - ९, चापपानीस्थित बगनासडाँडामा रहेको एनसेल टावरमा अज्ञात समूहले आगजनी गरेकाे छ । बगनासडाँडामा रहेकाे एनसेलकाे टावरमा अज्ञात समूहले आईतबार बेलुकी आगजनी गरेकाे प्रहरीले जनाएकाे छ ।

आगजनीले एनसेट कम्पनीले राखेकाे टावरमा क्षति पुगेकाे छ । यद्यपी क्षतिकाे विवरण भने उल्लेख गरिएकाे छैन । आगजनीबाट टावरको जेनेरेटर, विटिएस सिस्टम, जिएसएम एन्टेना, ब्याट्री प्यानल, मिटर बक्स सहित तारमा क्षति पुगेकाे छ ।

प्

घटना कसले किन गराएकाे हाे भन्ने बारेमा अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ । देशभर विप्लव नेतृत्वकाे नेकपाका कार्यकर्ताले टावरमा आगजनी गरिरहेका बेला पाल्पामा पनि साेही पार्टीका कार्यकर्ताले आगजनी गरेकाे हुन सक्ने प्रहरीले अनुमान गरेकाे छ ।

थप अनुसन्धान भइरहेकाे र टावरमा क्षति पुर्याउनेलाइ खाेजी गरिरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति: सोमबार, माघ १३, २०७६  ०६:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update