Erani Mahal
कांग्रेस पाल्पाका पूर्व सभापति एवं पूर्वसांसद कार्कीकाे निधन
gambir-karki

पाल्पा – पूर्वसांसद गम्भीरजंग कार्कीको ७६ वर्षको उमेरमा निधन भएको छ । उहाँको उपचारका क्रममा काठमाडौमा निधन भएको हो । वि.स.२०४८ सालमा पाल्पा क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचत हुनुभएको थियो ।

कार्की वि.स. २०५१ देखि २०५६ सालसम्म काङ्ग्रेस पाल्पाको जिल्ला सभापति हुनुभएको थियो ।
कार्की राष्ट्रिय पञ्चायत सदस्य समेत हुनुभएको थियो । २०४६ सालको आन्दोलन अगाडी पंचायत सदस्य हुनुभएको थियो । नेता कार्की मृगौलाको समस्याबाट ग्रस्त रहनुभएको थियो ।

स्व. कार्की ।

कार्कीको शनिबार राति निधन भएको कांग्रेस पाल्पाका पूर्व सभापति तथा काँग्रेसका पूर्व केन्द्रीय सदस्य राजन पन्तले जानकारी दिनुभयो । पाल्पाको रम्भा गाउँपालिका अन्तर्गत पर्ने ताहुँमा स्थायी घर भएका कार्कीको पशुपति आर्यघाटमा श्रद्वाञ्जली कार्यक्रम गरेर अन्त्यष्टि गरिने परिवारिक स्रोतले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, माघ १२, २०७६  ०८:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update